फलामको सट्टामा सुनको बञ्चरो दिने मोरङको सुनबर्सी ताल !

मोरङ । मोरङको रतुवामाई नगरपालिका स्थित सुनबर्सी पोखरीमा प्रत्येक नयाँ वर्षको पहिलो दिन वैशाख १ गते मेला लाग्ने गरेको छ । किम्बदन्तीका अनुसार एकजना गरीब बुढो दाउरे सुनबर्सी पोखरी छेउमा दाउरा चिर्ने क्रममा बञ्चरो पोखरीमा खस्न पुग्यो जीविकोपार्जनको एक मात्र सहारा बञ्चरो पानीमा खसेर हराएपछि दाउरे कराउन, रुन थाल्यो र पोखरी भित्रबाट जलदेवता प्रकट भै दाउरेलाई सुनको बन्चरो दिन लाग्यो तर गरीब र इमान्दार दाउरेले त्यो बञ्चरो आफ्नो नभएको बताएँ र जलदेवता प्रसन्न हुँदै फलामको बञ्चरो सहित सुन र अन्य बहुमूल्य धातुले बनेको बञ्चरो उपहार दिएर पठाए भन्ने जन विश्वासका साथ प्रत्येक वर्ष वैशाख १ गते मेला लाग्ने गरेको छ । मेलामा पूर्वी नेपालको मोरङ झापा, सुनसरी लगायत भारतबाट समेत भक्तजनहरु यहाँ आउने गरेका छन ।

 

प्रतिक्रिया

सम्बन्धित