प्रकिृतिकाे काखमा बेहुली झैँ सजिएको तिनजुरे ( फोटो फिचर )

इटहरी । नयाँ वर्षको सुरुवात सँगै पूर्वको पर्यटकीय स्थल तेह्रथुम वसन्तपुरको तिन जुरे मिल्के (T.M.J.) क्षेत्र विभिन्न प्रजातिका ढकमक्क फुलेको राताम्मे गुराँसले जो कोहीको पनि मन त्यसै लोभ्याउँछ ।

पूर्वको दुई ठुला नदी अरुण र तमोरको जलाधारलाई छुटाउँदै दक्षिणमा धनकुटाको मूल घाटदेखि उत्तरमा नेपाल–चीनको साँधसम्म अविच्छिन्न फैलिएको मिल्के पर्वत शृङ्खलाको मध्य भाग ओगटेर बसेको टीएमजे क्षेत्रमा अहिले राताम्मे हुने गरी ढकमक्क गुराँस फुलेको देख्न सकिन्छ ।

यो पटक समयमै ढकमक्क गुराँस फुलेपछि आन्तरिक तथा बाहिय पर्यटकहरूको घुइँचो लागेको छ । वसन्तपुरबाट अलि पर पुगेपछि धार्मिक आस्था बोकेको पाथीभरा देवीको मन्दिर पुगिन्छ । जो त्यस क्षेत्रमा पुग्छ केही समय स्वर्ग पुगेको कल्पना गर्छन् ।

पाथीभरा देवीलाई शिर निहुराउँदा राताम्मे गुराँसले त्यहाँ पुगेका भक्तजनहरूलाई च्याइरहेको हुन्छ । जब शिर उठाएर आँखा उघारिन्छ पहिलो नजर गुराँस सँगै जुध्न पुग्छ । सायद त्यसैले होला प्रकृति सँग मानवको सम्बन्ध अतुलनीय मानिएको ।

  गुराँसको राजधानी भनेर चिनिने सो क्षेत्रमा विश्वमा पाइने ३२ प्रजातिका गुराँसमध्ये २९ प्रजातिका गुराँस पाइन्छ । यो क्षेत्रलाई पूर्वी नेपालको लालीगुराँस नगरपालिका गुराँस पर्यटनको प्रवेशद्वार पनि मानिन्छन् ।यो नगरपालिकाको पूर्व सिमाना पिङगुवा खोलाले छुट्ट्याएको छ भने पश्चिम सिमाना धनकुटा जिल्लाको पानी ढलो डाँडाले छुट्ट्याएको छ ।

त्यस्तै उत्तरी सिमाना सङ्खुवासभा–तेह्रथुमको सानो खोच तथा पानी ढलो डाँडाले छुट्ट्याएको छ । यसरी यस नगरपालिकाको पूर्वतर्फ म्याङ्लुङ नगरपालिका, पश्चिम तर्फ धनकुटा सङ्खुवासभा जिल्ला, उत्तर तर्फ सङ्खुवासभा जिल्ला र दक्षिणतर्फ छथर गाउँपालिका पर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित