धरान स्थित दन्तकाली मन्दिरमा हर्षोल्लासका साथ भित्र्याइयाे फूलपाती (तस्विरहरू)

धरान / धरान–१४ स्थित दन्तकाली मन्दिरमा नव दुर्गा भवानीलाई पूजा गर्नको लागि हर्षोल्लासका साथ फूलपाती भित्र्याइएको छ । नव दुर्गा भवानीलाई पूजा गर्न नौ वटा फूल (नवपत्र) सहित वैदिक विधि अनुसार अनार, धान, बेसार, केरा, माने, केचु, बेल, अशोक, र जयन्ती भित्र्याइएको हो ।
अनुष्ठानमा बसेका मन्दिरका पुजारी राम भण्डारी, विष्णु खतिवडा र प्रवेश पोख्रेलले सङ्कलन गरेको नवपत्रलाई डोली बनाइएको थियो । डोलीलाई मन्दिरका पुजारी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले दन्तकाली मन्दिर परिसरबाट बोकेर विजयपुर चोक, पिण्डेश्वरी मन्दिर हॅुदै पुनः दन्तकालीमा ल्याएर कुभिन्डो र बोकाको बली दिएर भित्र्याइएको थियो । फूलपातीको अवसरमा नेपाली सेना, सशस्त्र प्रहरी, स्काउट, एनसिसि टोली, नगर प्रहरी र केही सामाजिक संस्था सहित स्थानीय भेला भएका थिए। फूलपाती भित्र्याउने क्रममा नेपाली सेनाले सलामीसमेत अर्पण गरेका थिए ।
अनुष्ठानमा बसेका मन्दिरका पुजारी राम भण्डारी, विष्णु खतिवडा र प्रवेश पोख्रेलले सङ्कलन गरेको नवपत्रलाई डोली बनाइएको थियो । धरान-१४ का वडा प्रमुखले सो कार्यक्रमको व्यवस्थापन वडा कार्यालय धरानले गरेको हो। नगर सरकारले फूलपाती उत्सवलाई ऐतिहासिक उत्सव बनाएर लगानी गर्नु पर्ने समेत बताए।
लक्ष्मीपूजामा झलमल्ल इटहरी ( २० तस्वीरहरु)
_l1b8HhGaoZ_hc7rahumay2xht4djlwphnl4qfd6beatof3pvs5xtpevjeq4zutjmztu6svn_nYUGvwOJas_6yfmb04gzldh208zb0erditbtus4misafyhggxapen2rp3n034rhxoeoxput.jpg)
यसरी गरियो भक्तपुरमा पूर्वराजालाई भव्य स्वागत (तस्विरहरू)

प्रधानमन्त्री प्रचण्डद्वारा महात्मा गान्धीको समाथिस्थलमा पुष्प अर्पण

इटहरीमा पूर्व राजा ज्ञानेन्द्र क्रेज , घन्कियो राजा आऊ देश बचाउकाे नारा (१५ त…

टुडिखेलमा घोडेजात्राको रौनक (फोटोफिचर)

इटहरीमा हर्षाेउल्लासका साथ मनाइयो होली (फोटो फिचर)

दुर्गा प्रसाईको आन्दोलन (फोटो फिचर)

प्रतिक्रिया