गीत चोरीको विवादमा नयाँ ट्वीस्ट : एलिनाले नै लगाइन् विश्वराममाथि चोरीको आरोप
इटहरी । ‘कट्टा हानिदिन्छु’ बोलको गीत चोरी गरेर गायिका एलिना चौहानको आवाजमा सार्वजनिक गरिएको आरोप लागिरहेको बेला स्वयम् एलिनाले नयाँ खुलासा गरेकी छन् ।
एलिनाले ‘कट्टा हानिदिन्छु’ बोलको गीत चोरी भएको आरोप लगाउने विश्वराम कार्कीमाथि नै सिर्जना चोरीको आरोप लगाएकी हुन् । सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै एलिनाले मोहन साउदको ५ वर्षभन्दा धेरै अघिको गीतबाट शिवरामले चोरी गरेको आरोप लगाएकी हुन् । मोहन सिंहको स्वर रहेको उक्त गीत लेख्ने पनि उनै हुन् ।
‘अब धेरै बोलिस् भने कट्टा हानिदिन्छु...’ भन्ने शब्दावली मोहन सिंहको गीतमा सुनिन्छ भने विश्वरामको गीतमा ‘धेरै बढी बोलेपछि कट्टा हान्दिन्छु’, सुनिन्छ भने लय पनि उस्तैउस्तै सुनिन्छ । एलिनाले यो विषय सार्वजनिक गरेपछि समर्थकहरुले विभिन्न कमेन्टमा टीकाटिप्पणी गरेका छन् । कतिपयले यसबारे अनावश्यक झगडा गर्न नहुने भनेका छन् भने कतिपयले पोल खुल्ने क्रम जारी रहेको टिप्पणी गरेका छन् ।
यो विषयमा गायक कार्कीले नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा उजुरी समेत दिएका थिए । कार्कीले आफ्नो गीत हुबहु कपी गरेर नेत्र अर्यालको शब्द र एलिनाको आवाजमा ओबी रायमाझी युट्युब च्यानलबाट ल्याएको उजुरीमा उल्लेख गरेका थिए । आफूले गायिका एलिनाको स्वरमा सार्वजनिक गरेको गीत विश्वराम कार्कीको गीतसँग संयोगले थोरै मात्र मिलेको ओबी रायमाझीले बताउँदै आएका थिए ।
तर रायमाझीको कुरासँग गायक कार्कीले असहमति जनाउँदै आएका थिए । कार्कीले विरोध गरेको गीतमा गायिका एलिनाको स्वर रहेको छ भने नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको सङ्गीत छ । गीतको भिडियो आश्मा विश्वकर्मा र ओबी रायमाझीको नृत्य छ । भिडियो निर्देशन रामजी लामिछानेले गरेका हुन् ।
![‘बेहुली फ्रम मेघौली’ को र्याप गीत- बिहे गर्ने कि नगर्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/Meghauli.png_YaE46nkNsy_5gj89fkpfhdzl2m4qnrqnwecfzayduj63oxenuvffg2lz2hdf7npk9cddtx9_A0ceLkvFiK_jmtkaud6kqd5symmcidr9kqg7vicyusjm2xfiqjwebgywzlbtfhml2bi38dc.png)
‘बेहुली फ्रम मेघौली’ को र्याप गीत- बिहे गर्ने कि नगर्ने
एलिना चौहान जस्तै देखिने को हुन यिनी ? भन्छिन् धेरैले एलीना ठानेर सेल्फी खिच्…
समिक्षा अधिकारीकाे "बिदेसिने बाध्यता यो कहिले अन्त्य हुन्छ?" गीत सार्वजानिक (भ…
![भोकल, टेक्निसियन र एलिना चौहान](https://snowberry.prixacdn.net/media/gallery_folder/1709557818-ictZ8_WlCxsb7u0u_jhgp2p49xwoqodpm6jpucqawqlj0kldtmhdvc3h3gdaprt8qqirjk31diomc_HI16LE1uIl_8bovpxtb9islpyekkswx7itvowhxfowav1pqyw10ty81pknde6omzrsgtn9f.jpg)
भोकल, टेक्निसियन र एलिना चौहान
![‘जिन्दगी चल्न त चल्या छ,पिरै पिरमा छ’ : रिलिज भएको १० दिनमा १८ लाख बढि भ्युज्](https://snowberry.prixacdn.net/media/gallery_folder/Pandey_vJmDS0shbC_l2ko4zwlqdlgbhk9xrutz8psvgtt5laqmegjswnovtgkwl67sbv3jixv3drx_LcLvple9tg_pymx0mixcvkynsax8yuay9fafsakp2ulwwvte1rjxqtyrc4m5c0xxh6vc0xi.jpg)
‘जिन्दगी चल्न त चल्या छ,पिरै पिरमा छ’ : रिलिज भएको १० दिनमा १८ लाख बढि भ्युज्
![गायक–संगीतकार भक्तराज आचार्यको निधन](https://snowberry.prixacdn.net/media/gallery_folder/Bhakata-raj-acharaya_QnV1Ql3m9n_mtmyhdyjp77b0soenomduw6ez6obbhtwxghtb0ydat4lujuvy1asliols0mz_J8AEsB4nUD_fglbzkkaesrwwlxnirurx1ywbl39steqoot3cw8cszfemzn2mq032uxk3xvt.jpg)
गायक–संगीतकार भक्तराज आचार्यको निधन
![गायिका रचना रिमाल सवार स्कार्पियो दुर्घटनामा](https://snowberry.prixacdn.net/media/gallery_folder/400x400_5sSkuuFfrc_n7kop1hv0esu4paszefxua8riwx6g98clkdxfmy9x0jujhfrmh4gfmutsyjj_mdaal42PkJ_9zhcd6egt2dd4obxndxl6hiuyzrva5uujhpoyejwqfg7hiofvqho7s2tg8ls.jpg)
गायिका रचना रिमाल सवार स्कार्पियो दुर्घटनामा
![रचना रिमाल तथा प्रवीण बेडवालको स्वरमा “जय माँ पाथीभरा”(भिडियो सहित)](https://snowberry.prixacdn.net/media/gallery_folder/pathibhara_hmj9WTjg9q_8bgrgunsfuo2czcjleoilr7qrarrqyqg98bqnotropp36igvhjy4k4ptiwyj_oFUlKsZzfX_ecrhe6nf8kbhgjfhzlmk3x6blem5i0mmoinz48b0jucwbhf7qwmok3u6ubgj.jpg)
प्रतिक्रिया