गायक–संगीतकार भक्तराज आचार्यको निधन
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Bhakata-raj-acharaya_QnV1Ql3m9n_mtmyhdyjp77b0soenomduw6ez6obbhtwxghtb0ydat4lujuvy1asliols0mz_H1kT3UppPz_gsx1kbs7qpkfpz6jsw1wmjvfaosoyaauy9690w5gnyg94vbrzorgsiiuiyjc.jpg)
इटहरी । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । उनको आइतबार ८२ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । अस्वस्थ भएपछि आचार्यलाई ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियाे ।
तर, अस्पताल लग्ने क्रममा बाटोमै मृत्यु भएको संगीतकार हरि लम्सालले जानकारी दिए । धनकुटामा जन्मिएका आचार्य भजन शिरोमणिको उपनामबाट परिचित थिए । संगीतकार हरि लम्सालका अनुसार अपरान्ह साढे ४ बजेतिर अचानक अक्सिजन लेभल कम भएपछि छोरा स्वरुपराज र लम्सालले उनलाई मेडिसिटी अस्पताल लैजाँदा गर्दा बाटोमै निधन भएको हो । गत दशैंमा लडेर टाउकोमा चोट लागेको थियो ।
आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ । राष्ट्रिय सम्मानका साथ उनको बिदाइ गर्ने तयारी छ । उनले गाएका हजार सपनाहरुको, जति चोट दिन्छौँ, मुटु जलिरहेछ लगायत गीतहरु निकै चर्चित छन् । तर, २०४६ साल मंसिर १९ गते दुर्घटनामा परेपछि आचार्यले आफ्नो स्वर गुमाएका थिए । गायक आचार्य ३० वर्षयता दूध मात्र खाएर बाँच्दै आएका थिए ।
![‘बेहुली फ्रम मेघौली’ को र्याप गीत- बिहे गर्ने कि नगर्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/Meghauli.png_YaE46nkNsy_5gj89fkpfhdzl2m4qnrqnwecfzayduj63oxenuvffg2lz2hdf7npk9cddtx9_gdRQsJSO1z_anhhmzardqk3ol8agqiravrb3fzkfj8faxeibmceorrnnlx1oi3axw5wv24n.png)
‘बेहुली फ्रम मेघौली’ को र्याप गीत- बिहे गर्ने कि नगर्ने
एलिना चौहान जस्तै देखिने को हुन यिनी ? भन्छिन् धेरैले एलीना ठानेर सेल्फी खिच्…
समिक्षा अधिकारीकाे "बिदेसिने बाध्यता यो कहिले अन्त्य हुन्छ?" गीत सार्वजानिक (भ…
![भोकल, टेक्निसियन र एलिना चौहान](https://snowberry.prixacdn.net/media/gallery_folder/1709557818-ictZ8_WlCxsb7u0u_jhgp2p49xwoqodpm6jpucqawqlj0kldtmhdvc3h3gdaprt8qqirjk31diomc_dNUrkL1Oiq_zp4gyxskdenxzjrdb8ipo3cmpmx94mzmfmiuwnevpadlpuidqwjd8vktdtjt.jpg)
भोकल, टेक्निसियन र एलिना चौहान
![‘जिन्दगी चल्न त चल्या छ,पिरै पिरमा छ’ : रिलिज भएको १० दिनमा १८ लाख बढि भ्युज्](https://snowberry.prixacdn.net/media/gallery_folder/Pandey_vJmDS0shbC_l2ko4zwlqdlgbhk9xrutz8psvgtt5laqmegjswnovtgkwl67sbv3jixv3drx_LcLvple9tg_pymx0mixcvkynsax8yuay9fafsakp2ulwwvte1rjxqtyrc4m5c0xxh6vc0xi.jpg)
‘जिन्दगी चल्न त चल्या छ,पिरै पिरमा छ’ : रिलिज भएको १० दिनमा १८ लाख बढि भ्युज्
गीत चोरीको विवादमा नयाँ ट्वीस्ट : एलिनाले नै लगाइन् विश्वराममाथि चोरीको आरोप
![गायिका रचना रिमाल सवार स्कार्पियो दुर्घटनामा](https://snowberry.prixacdn.net/media/gallery_folder/400x400_5sSkuuFfrc_n7kop1hv0esu4paszefxua8riwx6g98clkdxfmy9x0jujhfrmh4gfmutsyjj_mdaal42PkJ_9zhcd6egt2dd4obxndxl6hiuyzrva5uujhpoyejwqfg7hiofvqho7s2tg8ls.jpg)
गायिका रचना रिमाल सवार स्कार्पियो दुर्घटनामा
![रचना रिमाल तथा प्रवीण बेडवालको स्वरमा “जय माँ पाथीभरा”(भिडियो सहित)](https://snowberry.prixacdn.net/media/gallery_folder/pathibhara_hmj9WTjg9q_8bgrgunsfuo2czcjleoilr7qrarrqyqg98bqnotropp36igvhjy4k4ptiwyj_9OyoCiupNs_ic7gxxhz7ildttddcmqveljvsix5playqaj1xixi4bqyfdsyxmtnttcvoi5j.jpg)
प्रतिक्रिया