‘जिन्दगी चल्न त चल्या छ,पिरै पिरमा छ’ : रिलिज भएको १० दिनमा १८ लाख बढि भ्युज्

इटहरी ।  मान्छेकाे जिन्दगी कतीबेला के हुन्छ कस्ले जानेकाे छ र ? दिनभरी  नाचगान र रमाइलाे गर्याे साझ पर्दा सम्म काे रहने नरहने के जान्नु ? यस्तै यस्तै समय सान्दर्भिक रचिएकाे गित ‘फुल फुलेर के गर्नु भिरैभिरमा छ, जिन्दगी चल्न त चल्या छ पिरैपिरमा छ।

’पछिल्लाे समय दर्शक तथा श्राेताहरूले अत्याधिक रूचाएका छन । पछिल्लाे १० दिन यता याे गितले १८ लाख बढी भ्युज पाएकाे छ । गायक तथा संगीतकार भुपेन्द्रबहादुर पाण्डे उर्फ भुपु पाण्डेको शब्द,संगीत तथा स्वरमा बजारमा आएको यो गीत अहिले सर्वाधिक रुचाईएको छ।

लोकलयमा तयार पारिएको गीतका शव्दहरुले नेपाली युवाहरुको विद्यमान समस्या र देशको वर्तमान परिस्थिति उजागर गरेको छ भने देशप्रेम पनि दर्शाएको छ।गायक पाण्डेको आफ्नो गाउँ दाङको देउखुरीमा छायांकन गरिएको भिडियोमा आफ्नै गाउँका १४ जना साथी मिलेर वनभोजमा रमाईलो गर्दै खाएको,पिएको अनि घर फर्कने क्रममा मोटरसाइकल दूर्घटनामा परि एकजनाले ज्यान गुमाउनु परेको दृश्य देखाईएको छ। १० मिनेट लामो म्युजिक भिडियो एक पटक हेरेर चित्त बुझ्दैन।

थुप्रै दर्शक श्रोताहरुले पनि गीत दर्जनौं पटक हेरेको भनेर सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन्।धेरैले मेरै कथालाई गीतमार्फत प्रस्तुत गरिएको रहेछ भनेर पनि प्रतिक्रिया दिएका छन्। गायक पाण्डेले आफ्नै युट्युव च्यानल भुपु पाण्डेबाट गीत रिलिज गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित