एलिना चौहान जस्तै देखिने को हुन यिनी ? भन्छिन् धेरैले एलीना ठानेर सेल्फी खिच्छन्

 इटहरी ।  सुनसरी वराहक्षेत्र ८ की बेन्जु धामी अहिले निकै चर्चामा छिन । कारण हो उनको चहकिलो अनुहार र शारीरिक बनावट । चर्चित गायिका एलीना चौहान सँग अनुहार मिल्दो जुल्दाे देखिएपछि उनको चर्चा चुलिँदो छ । पछिल्लो समय मोडलिङ क्षेत्रमा व्यस्त रहेकी बेन्जु सुनसरी वराहक्षेत्र ८ चक्रघट्टीकी स्थायी बासिन्दा हुन । गाउँकै एक निजी विद्यालयबाट एसइई दिएर भविष्य खोज्न सहर छिरेकी बेन्जु अहिले मोरङको विराटनगर बसेर पढाइ सँगै मोडलिङ गर्दै आएकी छिन ।  थारु समुदायले निर्माण गरेको सर्ट मुभी तथा म्युजिक भिडियोहरूमा दमदार प्रस्तुति दिएपछि सानो पर्दामा उनको माग चुलिँदो छ ।

अझ रोचक कुरा त अनुहार र शरीर चर्चित गायिका एलिना चौहान सँग मिल्दो जुल्दाे भएपछि सुटिङको बेला धेरै जना झुक्किने र सेल्फी खिच्ने गरेको सुनाउँछिन् । उनी विगत एक वर्ष देखि विराटनगर बसेर ब्याचलर गर्दै मोडलिङमा जम्दै आएकी छिन । उनले अहिले सम्म एक दर्जन भन्दा बढी थारु म्युजिक भिडियोहरूमा मुख्य भूमिका निभाएकी छिन ।

त्यसै गरी हालै बजारमा सार्वजनिक भएको अब तिमी उसैको भयाै नेपाली म्युजिक भिडियोमा पनि मुख्य पात्रकाे रूपमा अभिनय गरिसकेकी छिन । मोडलिङ क्षेत्रबाटै भविष्यमा भाइरल भन्दा पनि असल नायिका बनेर समाज सेवा गर्ने उनको सपना छ । उमेरले २४ पुरा भई २५ टेकेकी बेन्जु अहिले नै बिहे नगर्ने बताउँछिन् ।उसो त उनलाई प्रेम प्रस्ताव नआएको पनि हैन ।मन सँगै कुरा बुझ्ने कोही साथी भेटे बिहे बारे सोच्ने उनको तर्क छ ।  

 

 

प्रतिक्रिया

सम्बन्धित