तेजु मगरको 'उडि उडि चुप्पा' मा  लक्ष्मण भण्डारीको उत्कृष्ठ अभिनय ( भिडियो सहित)

काठमाडाैं / 'हे कान्छीको' अपार सफलता पछि तेजु मगरको  'उडि उडि चुप्पा' सार्वजनिक भएको छ । लक्ष्मण भण्डारी युट्युब च्यानल मार्फत सो गीत सार्वजनिक भएको हो ।  तेजु मगर तथा उषा लामिछाने थापामगर को स्वर, हिरन थापा मगरको शब्द रहेको उक्त गीतमा  तेजु मगरको  आफै सङ्गीत भरेका छन् । गीतमा लक्ष्मण भण्डारी, बिना राउत, चन्द्रगुरुढ़ , अभ थापा लगायतको उत्कृष्ट अभिनय देख्न सकिन्छ । 

गीतमा पछिल्लो समयकाे निकै ब्यस्त निर्देशक मोसम हिमालीको कोरियोग्राफी तथा निदेशन रहेकाे छ ।   गोदावरी लगायतका स्थानहरूमा  छायाङ्कन गरिएको गीतमा राजेश घिमिरेको छायाङ्कन रहेको छ।   मगरले यसअघि “हे कान्छी' नेपाली नारी "दशैं अायाे” गीत बजारमा ल्याएका थिए। उनले सङ्गीत गरेका र आफैले गाएका एक दर्जनभन्दा बढी गीत बजारमा आइसकेका छन्। 

प्रतिक्रिया

सम्बन्धित