नायक तथा मोडल बादल श्रेष्ठ सँग कोशीका रंगपत्रकारहरुको जम्काभेट र परिचर्चा

बेलबारी । पछिल्लो समयका चर्चित तथा लोकप्रिय मोडल तथा नायक बादल श्रैष्ठ सँग शुक्रबार कोशी प्रदेशका रंग पत्रकारहरुको जम्काभेट सहित उनको नयाँ भिडियोका बारेमा परिचर्चा कार्यक्रम समेत सम्पन्न भएको छ । सुनसरीको ईटहरीस्थित परिकला न्यूजको सभाहलमा चलचित्र पत्रकार संघ कोशी प्रदेशको आयोजनामा श्रेष्ठसँगको भेटघाट तथा भर्खरै सार्बजनिक भएको उनको नयाँ भिडियो (सागर बरु सुकेर गैजाला) को परिचर्चा समेत गरिएको थियो ।

कार्यक्रममा मोडल तथा नायक श्रेष्ठले कलाकारिता यात्रा,भोगाई र आगामी योजनाका बारेमा आफना धारणा राखेका थिए । मोफसलमै रहेर पनि केन्द्रस्तरमै प्रतिष्पर्धा गर्न सकिन्छ भन्ने उदाहरण बनेका श्रेष्ठले अहिलेसम्म २५ बढी म्युजिक भिडियोमा काम गरिसकेका छन भने केही चलचित्रमा अभिनय समेत गरिसकेका छन । मोरंगको बेलबारी घर भएका श्रेष्ठ पछिल्लो समय सार्बजनिक भिडियोबाट बढी आशावादी देखिन्छन । सार्बजनिक भिडियोमा श्रेष्ठले जीवन्त अभिनय गर्न सफल भएका छन ।

कार्यक्रममा सहभागीहरुले उनको अभिनयको तारिफ समेत गरेका छन । उनी सँगै कार्यक्रममा सहभागी मोडल बिनोद बस्नेतले समेत उनको अभिनयको तारिफ गरेका छन । चलचित्र पत्रकार संघ कोशीका अध्यक्ष नरेन्द्र बस्नेतको सभापतित्वमा भएको कार्यक्रम चलचित्र पत्रकार संघ सुनसरीको उपाध्यक्ष मनोज दाहालले सञ्चालन र संघका कोशी प्रदेश सदस्य सुवास संकल्पले स्वागत मनतब्य राखेका थिए । कार्यक्रममा कोशीका सक्रिय रंगपत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित