गायक तथा सारंङगी बाधक भोलामान गुरुङको "छ्यांङकुटी डाँडा" सार्वजनिक

इटहरी /  गायक तथा सारंङगी बाधक भोलामान गुरुङको "छ्यांङकुटी डाँडा" सार्वजनिक भएको छ । पूर्वी पहाडी जिल्ला सङ्खुवासभा चिचिला गा पा वाड नं 2 आहालेमा जन्मिएका  गुरुङ हाल सुनसरी इनरुवा ६ मधेशा मा बसोबास गर्दै आफ्नो कला क्षेत्रलाई अगाडी बढाई रहेका छन् । 

उनी नेपाली सेनामा रहँदा समेत गीत सङ्गीत लाई निरन्तरता दिएका उनले रिटायर भएपश्चात् उनी हाल इटहरी लाई कर्म थलो बनाउँदै यस क्षेत्रमा क्रियाशील रहेका छन् । यस गीतमा उनले आफ्नै जीवनमा घटेका घटना तथा बाल्यकालको सम्झना, परीवारबाट टाढा हुँदा को पिडा लगायत ठेट शब्दलाई समावेश गरेका छन् ।  भोलामान गुरुङको शब्द दीपेन्द्र राई तथा गणेश रिजालकाे सङ्गीत  रहेको उक्त गीतमा दीपेन्द्र राई  तथा रुद्र श्रेष्ठको  ऐरेन्ज रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित