चर्चित डान्सर सुशान्त खत्री डिप्रेसनमा: बाच्नै नसक्ने अवस्थामा पुगेको भन्दै रोए

इटहरी/ नेपालसंगै भारतमा समेत ख्याती कमाएका चर्चित डान्सर तथा कोरियोग्राफर सुशान्त खत्रीले अब बाच्नै नसक्ने अवस्थामा पुगेको बताएका छन् । शुक्रवार मध्यरातमा आफ्नो सामाजिक संजालमा लाईभ बस्दै उनले यो कुरा बताएका हुन् । सुशान्तले हालै आत्महत्या गरेका अभिनेता सारुक ताम्राकारलाई श्रद्धाञ्जली दिदै अब आफ्नो पनि दिन गिन्ती सुरुभएको बताएका छन् । यतिबेला उनी भारतमा छन् । आफुलाई अर्काको देशमा मर्न मन नभएकोले नेपाल आएर मर्ने चाहाना रहेको पनि खुलाएका छन् ।

विगत १ वर्षदेखी आफू डिप्रेसनको सिकार भएको र ६ महिनादेखि आफुलाई निकै गार्हो भैरहेकोले अब बाच्नै नसक्ने अवस्थामा पुगेको भन्दै उनी लाईभमा भक्कानिएका छन् । आफू गिरेर भएपनी अरुलाई हेल्प गरेको तर अहिले आफुलाई पर्दा कोहि नभएको बताए । सुशान्तले आफुलाई के समस्या भएको हो भन्नेबारे खुलस्त त पारेका छैनन् तर, उनी आफ्ना साथीभाइ साथै आफ्नै परिवारसंग समेत दुखी रहेको उनको भनाईबाट बुझ्न सकिन्छ । उनले भनेका छन् ‘नेम फेम पैसा मात्र कमाएर हुँदैन रहेछ । डिप्रेसन, एन्जाइटीको शिकार बनेपछि यो सबको केही भ्यालु हुँदैन । एक्लो भइन्छ ।’

उनले थप भनेका छन् ‘कसैले साथ दिँदैन । मलाई मेरो साथीहरुले पनि साथ छोडे । यदि मलाई केही भइहाल्यो भने उनीहरुलाई प्रोब्लम हुन्छ भनेर हुनसक्छ । ‘बाबा मम्मी आइ एम सरी… मैले जो जसको मन दुखाएको छु, सबैलाई हात जोडेर माफी माग्छु । कति दुख छ छोरालाई थाहा छ ? कति दुख छ यो सुशान्तलाई थाहा छ ? कसैलाई थाहा छैन । एक वर्षदेखि सहारा मागिरहेको छु सहारा दिने कोही छैन । ठीक हुन्छ कि भनेर इन्डिया पनि आएँ । तर दिमाग त एउटै हुँदो रहेछ । दिमाग नै चल्दैन,’ । उनको साथमा औसधि समेत रहेको छ । लाईभमा देखाएका छन् । जतिबेला पनि जे हुन सक्ने उनले भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित