इटहरीमा नेपाली पाककला प्रतियोगिता सम्पन्न (२२ तस्विरहरू सहित)

इटहरी / इटहरीमा सञ्चालित आरटिआरके होटेल स्कुलले “बेसार-टिम्मुर देखि जिम्बु सम्म”को नारा सहित नेपाली पाककला प्रतियोगिता सम्पन्न भएको छ । नेपाली मौलिक खानाको प्रबद्वन तथा पर्यटनमा टेपा पुर्याउने उद्देश्यका साथ आरटिआरके होटेल  स्कुल र ग्याीट्राेनाेमी एशाेसिएशन अफ नेपालले सम्यूक्त रूपमा सञ्चालन गरेको सो प्रतियोगितामा नबिना खतिवडाले प्रथम, प्रशान्त राई दोस्रो तथा अर्पण बस्नेतले तृतीय स्थान हासिल गरेका थिए । 

प्रतियोगितामा तराइ देखि पहाड हुँदै हिमाल सम्मका सामाग्री र हर्ब स्पाइसी लाई प्रयोग गरिने जनाइएको छ। प्रतियोगिताको उद्देश्य हिमाल पहाड तराईलाई खानाको माध्यमबाट कनेक्टिभिटी मा जोड दिएको  आरटिआरके होटेल  स्कुलका सञ्चालक प्रेम तुम्बापोले बताए ।  खाना आफैमा विज्ञान हो जसले मानव सभ्यतामा महत्त्वपूर्ण सम्बन्ध जोडिएको र उपयोग द्वारा आगन्तुक पाहुनाहरूलाई खाना पर्यटनको डेस्टिनेसनको रूपमा विकास गर्न सकिने आधारहरूको मार्ग खोल्ने विश्वास गरिएको तुम्बापो बत्ताउँछन् ।

प्रतियोगितामा  तराइ पहाड र हिमालमा उत्पादन हुने प्राकृतिक वा मौसमी खाद्यान्न हरूलाई प्रवर्द्धन गर्दा त्यसले प्रत्यक्ष रूपमा हाम्रो वातावरणलाई पनि धमिलो हुन नदिई पर्यावरणलाई बचाउन सकिने छ भन्ने मान्यता ” बेसार – टिम्मुर देखि जिम्बु सम्म” को पाक कला प्रतियोगिताले विश्वास गरेको र यस कार्यक्रमले नेपाली मौलिक खानाको प्रयोगमा कार्बोहाइड्रेट, हेल्दी प्रोटिन , भेजिटेवल , होल ग्रेन आदि लाई हेल्दी हाइजेनिक ब्यालेन्स फुड तयारीका लागि प्रयोगमा ल्याइएको थियो । नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण शाहको प्रमुख अातिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नारायण थपलिया, शाही शर्मा, शन्दिप खत्री, गगनमान श्रेष्ठ वासुदेव बराल,  बिक्रम श्री  लगायतहरूकाे उपस्थिति रहेको थियो। तस्बिरहरू

प्रतिक्रिया

सम्बन्धित