तमोर करिडोर : धरान–मुलघाटहुँदै ताप्लेजुङ पाथिभरा सरर ( ६० तस्विरहरू)

सुनसरी / तमोर करिडोरले पूर्वी पहाडका ताप्लेजुङसहित धनकुटा, पाँथचर, तेह्रथुमका गाउँलाई सहरसँग जाेठेकाे छ । यसले पूर्वी पहाडकाे तराईसँगको दूरी छाेट्याएकाे छ । तमोर नदीको किनारै किनार भएर जाने यस सडक कोसी राजमार्ग धनकुटाको मूलघाट हुँदै पाँचथरको लुबुघाट, माझीटार, ताप्लेजुङ सम्म यात्रा गर्नेहरू बढ्दै गइरहेका छन् । तमोर करिडोरअन्तर्गत पाँचथरदेखि धनकुटाको मूलघाटसम्मको सडक खण्ड कालोपत्रे हुने भएको छ । चतरा–मूलघाट–सुभाङखोला–गणेश चोक सडकअन्गर्तत गणेशचोक–मूलघाट सडक कालोपत्रे गर्नका लागि ठेक्का लागिसकेकाे जनाइएकाे छ । तमोर करिडोर सडकलाई ब्लक–ब्लक छुट्याएर धनकुटा, पाँचथर, ताप्लेजुङ तीनै जिल्लाबाट टेन्डर प्रक्रियामार्फत काम अगाडि बढाइएको छ ।

पछिल्लाे समय धनकुटा, उदयपुर, सुनसरी, माेरङकाबासिन्दाहरूलाइ ताप्लेजुङ पाथिभरा दर्शनका लागी तमोर करिडोर प्रमुख मार्ग बनेकाे छ । तमाेरकाे बाटाे इलामकाे भन्दा लगभग ५–६ घण्टा छाेटाे भएकाे एक चालकले बताए । यसले गर्दा तेल तथा समयकाे बचत भएकाे बताए । तमोर करिडोरले २ सय ७० किलोमिटरमै चीनको सीमा टिपताला भञ्ज्याङ र रानी भन्सार जोड्छ। धनकुटाको मूलघाटदेखि भने यो कोसी राजमार्गसँग जोडिन्छ। मूलघाटबाट चतारा जोड्ने अर्को योजना पनि सुरु गरिएको छ। त्यसको दूरी ३३ किलोमिटर मात्रै रहेकाे छ।

तमोर करिडोरले पूर्वी पहाडका ताप्लेजुङसहित धनकुटा, पाँथचर, तेह्रथुमका गाउँलाई सहरसँग जोड्दै लगेको छ। तराईसँगको दूरी छोट्याउँदै छ। त्यतिमात्रै होइन, दुई छिमेकी मुलुक चीन र भारतलाई समेत जोड्ने सबैभन्दा छोटो दूरीको सडकका रूपमा यसलाई हेरिएको छ। तमोर करिडोर सडक निर्माण भएपछि पूर्वी पहाडी चार जिल्ला धनकुटा, तेह्रथुम, पाँचथर र ताप्लेजुङलाई १५ किलोमिटर दूरीको आसपासमा जोडिन्छ । त्यति मात्र होइन, काठमाडौं आवतजावतका लागि पनि छोटो दूरी पर्छ । तस्विरहरू

प्रतिक्रिया

सम्बन्धित