पिण्डेश्वर मन्दिरमा रातको ९ बजे सम्म पनि जल चढाउने भक्तजनहरूको भिड (तस्विरहरू सहित)

धरान / श्रावण महिनाको दोस्रो सोमबार आज पहेँलो वस्त्र धारण गरी र व्रर्त बसी, हातमा बेल पत्ता लिएर बोल बममा पूजा तथा दर्शन गर्ने श्रद्धालु भक्तजनहरूको पिण्डेश्वर बाबाधाम धरान १४ मा बहिानैदेख नि लागेको घुइँचो रातको ९ बजे सम्म पनि सकिएको छैन।

श्रावण महिनाको आज दोस्रो सोमबार हो भने यो महिना ५ वटा सोमबार रहेका छन् ।अघिल्लो वर्ष कोरोना कहरका कारण मन्दिरको ढोका नखुलेपछि बिहिबारबाट चियाउँदै, ढोग्दै हिँडेका बोल बमको यस पटक भने भीड अलि बढी देखिएको हो ।

साउनको दोस्रो सोमबार तर्थिालुहरू पिण्डेश्वर मन्दिरमा लामबद्ध भएर पूजा गरेको मूल पुजारी विनोद पोखरेलले बताए । पहिला पहिलाजस्तै साउने सोमबार सयौँ दर्शनार्थी बहिानैदेख आएका छन्, पहिलाको सोमबार भन्दा आज अलि बढी भक्तजन आएको हाम्रो बुझाई छ उनले भने, केहीवर्षअघी देखापरेकाे कोरोना भाइरसको महामारीका कारण निषेधाज्ञा हुँदा मठ-मन्दिर पन बन्द थिए तर यस पटक पहिलाको जस्तै भीड देखिएको छ ।’ पण्डिेश्वर बाबा धाम मन्दिरमा जल चढाउन भक्तजनहरूले आइतबार नै चतरास्थित सप्तकोसी नदीबाट जल ल्याएका थिए । नदीको पानी ल्याएर आजबाट पण्डिेश्वर बाबा धाममा चल चढाउने गरिन्छ । विगतको वर्षभन्दा यस वर्ष भक्तजन बढ्ने अपेक्षा पिण्डेश्वर बाबा धाम समितिले गरेको छ ।

पिण्डेश्वर बाबाधाममा अधिकांश महिलाको उपस्थिति हुने गर्छ । वविाहति महिलाले पतिको दीर्घ जीवनको कामना गर्दै र अवविाहतिा युवतीले राम्रो पति पाऊँ भन्दै शिवलिङ्गमा जल चढाउने गर्दछन् । सप्तकोसी नदीबाट जल ल्याई पण्डिेश्वर बाबाधाममा रहेको शिवलिङ्गमा जल चढाए मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । यस पटक वडा कार्यालयले बोल बमको जम्मा लिएकाले पूजा गरेर फर्कनिेहरुको लागी अलग बाटो बनाइएको छ । यस्तै, मन्दिर अगाडी माग्ने बस्नेहरूलाई मन्दिरको पछाडि पट्टी राख्ने गरकिो व्यवस्था मिलाइएको छ । भक्तजनहरूले माग्नु बस्नेहरूलाई स्वइच्छाले दान गर्दे गर्दे फर्किन्छ।

मन्दिरको मुख्य पूजा गर्ने कोठामा समिति समय मात्र पूजा गर्नु दिइन्छ । प्रहरी परिचालन, शौचालय र ट्राफिक व्यवस्थापन, सजावटका कुरामा बढी महत्त्व दिएर काम गरेको वडाध्यक्ष कृष्ण प्रसाद भट्टराईको भनाई छ । भट्टराईले भने सरकारले धार्मिक पर्यटक स्थललाई राम्रो बजेट छुट्टाएर र यस्ता महत्त्वपूर्ण मेला स्थानीय सरकारले नगर्नु सकेमा मात्र भने जस्तो व्यवस्था गर्नु सकिने बताए ।

प्रतिक्रिया

सम्बन्धित