एम्बुस भन्दा कम छैन पूर्व पश्चिम राजमार्गको विराटचाेक सडक खण्ड : सर्वसाधारणले पाए दु:ख (तस्विरहरू सहित)

सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा स्थित पिएलओ मार्ग देखि विराटचाेक सम्मकाे प्रमुख राजमार्ग सुधारका लागि भत्काएकाे लामाे समय सम्म पनि निर्माण कार्य सम्पन्न नहुदा अहिले सार्वसाधारणलाई ठूलाे सास्ति भएको छ । विगत १ महिना भन्दा बढी समय अगाडि पुन: निर्माणका लागि इस्काभेटर लगाएर करिव ५ सय मिटर प्रमुख महेन्द्र राजमार्ग भत्काइएकाे हाे । केही आवश्यक सुधारकाे कारण देखाएर भत्काएकाे सडक समयमा निमार्ण कार्य नहुँदा अहिले एक्बुस जस्तै खतरा बनेर असुरक्षित समेत भएको छ । सडक निर्माणकाे क्रममा विभिन्न समस्या देखाएर अहिले सम्म निर्माण कार्य पूरा नहुँदा बाटाे असुरक्षित भएर समस्या बढेको स्थानीयहरु बताउँछन् । भत्काएकाे प्रमुख हाइवे सडकनै समयमा निर्माण कार्य नहुँदा पानी पर्दा हिलाम्बे तथा घाम लाग्दा आँखै नदेख्ने गरि धुलाल्बे भएर गम्भीर प्रकारकाे दुर्घटना समेत हुने गरेकाे छ । उत्त भत्काएकाे असुरक्षित बाटाेका कारण विगत केही समय अघि माेटरसाइकलमा सवार स्थानीय विशाल थापा तथा अर्जुन थापा लगायत दुर्घटनामा परि गम्भीर घाइते समेत भएका थिए ।

आर के निर्माण सेवाका सन्तकुमार मेहेताले सडक डिभिजनबाट टेन्डर पारेर काम शुरु गरेका हुन् । पानी र बर्खाकाे समय भएकोले सडक निर्माणकाे काम ढिलाे भएको उल्लेख गरिएको छ । पु:न निर्माण तथा सुधारका लागि भत्काएको प्रमुख सडकमा धुलाे नियन्त्रणका लागि राम्रोसंग पानी हाल्नु पर्ने तथा छिटाे छरिताे रुपमा निर्माण कार्य अब चाडैं सम्पन्न हुनु पर्ने स्थानीयकाे माग रहेको छ ।

एक महिना देखि लगातार बाटाेमा खपी नसक्ने गरि धुलाेकाे मुस्लाे उडेर दिउँसै आँखै देख्न नसक्ने गरि समस्या हुने गरेको छ । धुलाे, खाल्डाखुल्डी र कहिले हिलाे भएर हिड्डुल गर्न तथा सवारी साधान चलाउँन पनि सास्ती भएका कारणले स्थानीयले सडकमा बेला बेला विराेध गरेर अवराेध समेत गर्ने गरेका छन् । बाटाेमा धुलाे भएका कारणले व्यापार व्यावसायलाई समेत असर परेकाे हुँदा ग्राहक पनि कम आएर व्यापार चाैपट घाटा भएको स्थानीय हाेटल व्यावसायी तथा अन्य व्यापारीहरुले समेत गुनासो गरेका छन्। सुन्दरहरैंचा ९ स्थित श्री विराट आयल सप्लायर्स प्रालि.का सञ्चालक बाबुराम खड्काले भत्काएकाे प्रमुख राजमार्ग समयमा निर्माण कार्य सम्पन्न नहुँदा धेरै समस्या भएको तथा धुलाेका कारण व्यापार व्यावसाय लाई असर परेर कामदार समेत विरामी हुने गरेको उल्लेख गरे।

सुन्दरहरैंचा नगरकाे गाेठगाउँ देखि विराटचाेक सम्मकाे प्रमुख राजमार्गमा सडककाे बिच बिचमा समेत खाल्डै खाल्डा परेका छन्। अत्याधिक रुपमा परेका ती खाल्डा खुल्डी पुर्न र थप सुधार गर्नमा पहल पनि कुनै निकायकाे भरपर्दो काम देखिएकाे छैन् । दिनदिनै यातायातकाे चाप बढेका कारण सडक पनि साधुराे भएर समस्या तथा थप दुर्घटनाकाे भय समेत बढेको छ । जसकाे कारण बाटाेमा ज्यान जाेगाएर हिड्न पनि कठिन भएको छ ।

एउटै बाटाे निर्माणकाे लागि विभिन्न समयमा सडक विभाग मार्फत ठेक्काबाट काम हुने गरेको भए पनि सडक भरपर्दो किसिमले गुणस्तरीय रुपमा निर्माण हुन सकेको छैन्। देशकाे अर्थतन्त्र तथा बजेट सक्ने मेलाे तथा बाटाेघाटाे र सडक पनि नेताकाे विकासकाे नाममा राजनीति गर्ने थलाे र एजेन्डाकाे नारा मात्र हुने गरेकाे जनताकाे गुनासो रहेको छ । यसका लागि स्थानीय सरकारले पनि उचित पहल गर्नु पर्ने तथा भनसुन र ठाउँमा कुरा पुयाउँनकाे लागि गैर जिम्मेवार बन्न नहुने स्थानीयले तर्क प्रस्तुत गरेका छन् । सुन्दरहरैंचा विराटचाेकका स्थानीय प्रकाश खनालले बिकासका नाममा हामीले कति दिन याे धुलाे खानु पर्ने हाे ? सम्बन्धित निकाय माैन नै बसेकाे हाे ? भनेर समाजिक सञ्जालमा लेखेका छन् । तेसै गरि साेहि समाजिक सन्जालकाे कमेन्टमा स्थानीय टंक रेग्मीले `असारे बजेटको ब्रमलूट हो । कस्ले भनेको को सुन्लार ठेकेदार र सन्बन्धित निकाय प्रमूखलाई खादा माला लाउनू परो यहि ठाउँमा उभियायेर ´भनेर कमेन्ट गर्दै व्यङ्ग्य गरेका छन् । सुन्दरहरैंचा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाईंलाई स्थानीय सरकारकाे तर्फबाट सडक सुधार, गर्न सकिने आवश्यक पहल तथा समयमा काम सकेर दुर्घटना र धुलाे नियन्त्रणका लागि के कस्तो काम र पहल भएको छ ? भनेर समाचार तयार पार्दै गर्दाकाे विभिन्न समयमा ३ पटक सम्म माेवायलबाट फाेन सम्पर्क गरि जानकारी लिएर सर्वसाधारणलाई खबर प्रवाह गर्न खाेज्दा उनले सञ्चारकर्मीकाे माेवायल समेत रिसिव गरेनन् ।

प्रदेश सभा सदस्य लाेकप्रसाद संग्राैलाले सडक विभागकाे काममा लापरबाही धेरै हुने गरेको उल्लेख गरेका छन् । उनले प्रमुख सडकमै गुणस्तरहीन काम भएको हुँदा जनताले पाउँनु सम्म दु:ख पाएकाे बताउँदै प्रदेश सरकारकाे मतहतमा राजमार्गकाे निर्माण कार्य नभएकोले यातायात तथा पूर्वाधार विकास मन्त्रालय मार्फत सडक विभागले यसकाे जिम्मा लिएर जवाफदेही बन्नु पर्ने धारण राखेका छन् । प्रदेश सासद संगाैलाले `विगत समयमा सडकमा भएका खाल्डाखुल्डी पुर्न आफुले पनि पहल गरेकोले सडक विभागकाे काम लाजमर्दो भएकोले यसकाे घाेरनिन्दा गर्दछु ´भने ।

एडीवीको सहयोगमा झापाको काँकरभिट्टा देखि लौकही सम्म ९६ किलोमिटर सडक ‘फोरलेन’ बन्ने भनिए पनि कहिले र कसरी बन्रे यस बारेमा स्थानीय अन्याैलमा छन् । ४ लेनकाे सडक विस्तारका लागि ठेक्का आह्वान गरिएको आयोजना प्रमुख सुशीलबाबु ढकालले सञ्चार माध्यमलाई बताएका छन् । उनले एसियाली विकास बैंक (एडीबीको) को ऋण सहयोगमा ३ बर्ष सम्ममा ४ लेन सडक खण्ड निर्माण गर्न लागिएको उल्लेख गरेका छन् ।आयोजना सडक विभाग, आयोजना निर्देशनालय, एडीबी, सासेक हाइवे इम्प्रुभमेन्ट प्रोजेक्ट, प्रोजेक्ट प्रिपाराटोरी कन्सल्टट्यान्ट अन्तर्गत पर्दछ । `अब भाग लाउदा लाउदै बाटो बन्ने कहिले हो कहिले?? यत्रो समय भइसक्यो अहिले सम्म बिराटनगर देखि धरा धरान सम्म त पुरै बनिसकेको छैन अब ९६ किलो मिटर त बाफरे ´भनेर विकास कटुवालले समाजिक सञ्जालमा कमेन्ट गरेका छन् । पूर्व पश्चिम राजमार्गकाे मुख्य सडक खण्ड यातायात चापका कारण असुरक्षित बनेकाे तथा विभिन्न ठाउँमा भत्किएर सवारी साधन चलाउँन समस्या भएकोले गुणस्तरीय र चाैडा बाटाेकाे निर्माण हुन अति आवश्यक देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित