एकै परिवारका सातजनाको सामूहिक अन्त्येष्टि ( तस्वीरहरू)

काठमान्डाें / आइतबार तारा एयरको विमान दुर्घटनामा धनुषाका नाताभित्रकै सात जनाको मृत्यु भएका सातैजनाको स्वयम्भू क्षेत्रमा सामूहिक अन्त्येष्टि गरिएको छ। दुर्घटनास्थलबाट शव संकलन गरी त्रिवि अस्पतालमा ल्याएर पोष्टमार्टम सम्पन्न भएपछि शव परिवारलाई बुझाइएको थियो।

दुर्घटनामा परी धनुषाको लोटा बस्तीका ७३ वर्षीय मकरबहादुर तामाङ, पत्नी ७१ वर्षीया सुकमाया तामाङ, दिदी–भिनाजु ७५ वर्षीया राममाया गोले, ७६ वर्षीय इन्द्रबहादुर गोले र भाञ्जा ४५ वर्षीय राजन गोलेको मृत्यु भएको थियो। यसैगरी मकरबहादुरका बहिनी र ज्वाइँ तुलसादेवी तामाङ र पुरुषोत्तम गोलेको पनि मृत्यु भएको थियो। मृत्तकहरुलाई नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले झन्डा ओडाएका थिए। मृत्तक राजन एकीकृत समाजवादी धनुषा जिल्ला सदस्य हुन्।

प्रतिक्रिया

सम्बन्धित