इटहरीका कर्ण विश्वकर्माले दिए पूर्व राजा ज्ञानेन्द्रलाई सुनचाँदी मोति जडित ‘श्रीपेच’ उपहार (तस्विरहरू सहित)

धरान / पूर्व राजा ज्ञानेन्द्र  शाहलाई इटहरी  निवासी कर्ण विश्वकर्माले  उपहार स्वरुप राजदन्ड सहितको सुन चाँदी र मोति जटित ‘श्रीपेच’ उपहार दिएका छन्।

फिर्ति सवारी हुने क्रममा चन्द्रगढी एयरपोर्ट आएका राजालाई विश्वकर्माले सुटुक्क सरप्राइज स्वरुप ‘श्रीपेच ‘ उपहार दिएका हुन्। पूर्व रानी कोमल राज्य लक्ष्मी सहित पूर्व राजाका आफन्त झापा बसाइ पश्चात काठमाडौंमा फर्किएका छन्।

विश्वकर्माका अनुसार ‘श्रीपेच ‘ ५ लाख मूल्य बराबरको हो ।’श्रीपेच ‘ लाई केही ताेला चाँदी केही ताेला सुन र मोतिका माला र हिराले सजाईएको छ। विश्वकर्माले भने ‘ बहुमूल्य रत्न जटिल ‘श्रीपेच ‘ सहित ‌राजदन्ड भेट चढाउँदा म आज संसारकै खूशी र भाग्यमानी ठान्छु किनकी मैले आज पुनः राजतन्त्र को स्थापना गरेको छु।’ विश्वकर्मा राजालाई ‘श्रीपेच ‘ उपहार दिने पहिलो व्यक्ति हुन्।

काे हुन् विश्वकर्मा ‌?

विश्वकर्मा ईटहरी ५ निवासी हुन भने ऊनी  गरगहना कालीगड हुन् । ऊनी आफूलाई राजतन्त्रवादी भन्न रुचाउँछन्। नेपाली पोसाकमा सजिएर कोटमा राजा रानिको ट्याग लगाएका विश्वकर्माले इटहरी देखि ‘श्रीपेच ‘ भूईंमा नराखी सम्मानपूर्वक ढंगले बाेकेर चन्द्रगढी एयरपोर्ट पुगेका हुन्।

राजाको सवार पर्खेर बसेका विश्वकर्मालाई राम कुमार सुब्बा र सुदन थापाले सहयोग गरेका थिए ।‌ लन्डन, साऊदी र अन्य देशबाट ‘श्रीपेच ‘ को लागि फोन आउँछ तर ‘श्रीपेच ‘ राजा बाहेक अन्य जो कोहीलाई नबेच्ने र मोल नतोक्ने बताउँछन्। म बेचेर धनी हुनु सक्छु‌ तर राजाको लागि बनाइएको ‌हुनाले ‘श्रीपेच ‘ सम्मान गर्छु। ‌ यो मेरो ‘श्रीपेच ‘ प्रतिको आस्था हो।

विश्वकर्मा राजालाई ‘श्रीपेच ‘ दिने नेपाल कै पहिलो व्यक्ति हुन्।‌ विश्वकर्माके फोटो हेरेर ‘श्रीपेच ‘ बनाएका हुन्।राजाबाट बक्सिस पाउने अपेक्षा नराख्ने तर बक्सिस दिएमा लिने पनि तयार हुने उनले बताए। ‘श्रीपेच ‘ समाउदै राजाले ३ पटक सम्म thank you भने ।

प्रतिक्रिया

सम्बन्धित