धरानमा सुरु भयो इष्ट टुरिजम मार्ट, छिमेकी मुलुक भारतबाट समेत आए पर्यटक (तस्विरहरू सहित)

धरान / धरानमा इष्ट टुरिजम मार्ट सुरु भएको छ । नेपाल पर्यटन बोर्डको आयोजना तथा धरान उपमहानगरपालिकाको स्थानीय संयोजनमा धरान – १२ :स्थित पब्लिक हाईस्कुल मैदानमा इष्ट टुरिजम मार्ट (व्यापार मेला) २०७८ आजबाट सुरु भएको हाे । टुरिजम मार्टमा छिमेकी मुलुक भारतकाे विहार, बंगाल, सिक्किम र भुटानका पर्यटन व्यवसायी समेत मार्टको अवलोकन गरेका थिए । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले उद्घाटन गरेकाे मार्ट १३ गते सम्म संचालनमा रहेने छ ।

यस्तै, कार्यक्रममा प्रदेश नं १ का सभामुख प्रदिप भण्डारी,संघिय सांसद जयकुमार राई र प्रदेश सांसद उमिता बराइली , प्रदेश पर्यटन मन्त्री खिना लिम्बु, मेयर तिलक राई , उपमेयर भण्डारी, प्रर्यटन बोर्डका सदस्य कृष्ण शाह र बोर्डका कार्याकारी निर्देशक धनञ्जय रेग्मी लगायत अन्य पर्उटनप्रेमी र पर्यटन व्यवसायीहरुको उपस्थित रहेको थिउाे ।

मुख्यमन्त्री राईले कार्यक्रममा बोल्दै प्रदेश नं १ मा पर्यटनका सम्भावनाहरु धेरै रहेका तर, प्रदेश सरकारले ४ सय वटा पर्यटक सम्बन्धी आयोजनाहरुका कार्यक्रम गदाए पनि गण्डकी प्रदेशले जस्तो फड्को मार्न नसकेको बताए । मार्टमा होटल व्यवसायी, ट्राभल एजेन्सीका तथा प्रदेश १ का १४ जिल्लासहित सप्तरी र धनुषाका समेत गरी जम्मा एक सय पर्यटनसँग सम्बन्धित स्टल रहेका छन् । मार्ट संयोजक तथा पर्यटनकर्मी भविषकुमार श्रेष्ठका अनुसार प्रत्येक जिल्लाले आफ्नो जिल्लामा भएको प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा अन्य विभिन्न पर्यटकीयस्थलको स्टल राखेर प्रचार लागि राखिएका छन्। भारतीय पर्यटकहरुलाई काँकडभिटा र विराटनगरको स्वागतद्वारका गेटबाट स्वागत गर्दे गर्दे धरान ल्याइएको हो । यसका साथसाथै साइकलयात्रीहरुबिच नेपालको र भारतको झन्डा साटासाट समेत भएको थियो ।

यस्तै, मार्टमा सांस्कृती झाँकी हुनुका साथै रातको समयमा नाम चलेका राष्ट्रिय कलाकारको समेत प्रस्तुती रहेकाे छ । दोस्रो दिन बिहान मठमन्दिर दर्शन गराउनुका साथै, प्रवचन पनि सुनाइन्छ भने पर्यटकहरुलाई होमस्टे ( घरबास) को अनुभव समेत गराइने छ । तेस्रो दिन बराहक्षेत्र मन्दिरको दर्शन गराइने छ भने कोशीमा बोटिङ गराएर पर्यटकलाई गन्तव्य सम्म पठाउने आयोकले जनाएको छ । मार्टलाई भव्य बनाउन धरान जेसिसले समेत सहयोग गर्ने आयोजकले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित