विन्दास र सौहर्दपूर्ण बन्यो यसपटक धरानको होली ( १२ तस्विरहरू )

धरान/ युवापुस्ताका लागि धरानमा होली पर्व निकै रसिलो नै बनेको थियो । प्रशासनले होलीमा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गरी सुरक्षा अवस्था कडा पारेसँगै धरानमा होली खेल्नेहरूको होलीको रौनक विन्दास तथा सौहर्दपुणरुपमै देखिएको थियो । भानुचोकमा नियाल्दा रङ्ग नदलेका युवापुस्तालाई औलामा गन्न सकिन्थ्यो । युवापुस्ताहरू भानुचोक, छाताचोकलगायत भित्री सडकमा पनि यत्रतत्र होली खेल्दै गरेको अवस्थामा भेटिएका थिए ।

यस्तै धरानको मुटु भनेर चिनिे भानुचौकमा द आउटसाईडरर्स नेपालको आयोजनामा होली विशेष कार्यक्रम गरिएको थियो भने रम्ने झुम्ने युवाहरु निकै खुसी र विन्दास देखिन्थे । सो धराने युवा युवतीहरूको व्यापक सहभागिता रहेको थियो । होली विशेक्ष् कार्यक्रममा लासोर्च व्यण्ड, भ्रम ब्यान्ड, एफथ्रि टाइम ब्यान्ड र द आउट साईडर नेपालले आ–आफ्नो साङ्गीतिक प्रस्तुति प्रदान गरेका थिए । हजारौँ युवा युवती सहभागी सो कार्यक्रममा द भिकोर फिटनेसले जुम्बा नृत्य समेत प्रस्तुत गरेको थियो । कार्यक्रममा डिजे एल्बीनाको पनि प्रस्तुति रहेको थियो ।

अघिल्लो वर्ष भानुचोक र छाताचोकको कुरा गर्ने हो भने कन्सर्ट नै आयोजना हुन्थ्यो । अघिल्ला वर्ष होलीका दिन पैदलै छिचोल्न समेत हम्मेहम्मे हुने सो ठाउँमा सयौं युवापुस्ता नाच्न र रमाइलो गर्न लाइन लाग्थ्यो । भानुचोकमा सयौं युवापुस्ता उपस्थित हुन्थे, होलीको रङ्ग दल्दै ओहोरदोहोर गरिरहेका हुन्थे। यसपटक अधिकांशले घरपरिवार, छरछिमेकसँगै होली मनाएकाले युवापुस्ताको उपस्थिति भानुचोकमा केही कम भएको देखियो । युवापुस्ताहरु बेलुका ६ बजेसम्म होलीमा रमेर भव्य रमाइलो गरिरहेका थिए ।

सडकमा मोटरसाइकल र स्कुटी कुदाउँदै रङ्गीविरङ्गी अनुहार बनाएर युवायुवती हिँडेका देखिए । धरानका सबै पसलहरु बन्द अवस्थामा रहेका थिए । अघिल्लो वर्ष सार्वजनिक सवारी नचलेर युवापुस्ताको भीडले छिचोल्ने भानुचोकमा यसपटक निर्वाधरूपमा सार्वजनिक सवारी, टेम्पो, अटो रिक्सा चलिरहेका देखिन्थे ।

होली पर्वमा १ नं ट्राफ्रिक प्रदेश कार्यालयले ६ बजे सम्मको समयमा ६ सय भन्दा बढी सवारी साधन नियन्त्रणमा लिएको जनाएको छ । यस्तै धरानले ४५ वटा मोटरसाइकल र २४ वटा स्कुटी नियन्त्रणमा लिएर कारबाही गरेको इलाका प्रहरी कार्यालय धरान संचारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित