१० औं धरान रन : ३६ सय धावकधाविकाहरूले जनाए सहभागिता (२३ तस्विरहरू)

धरान / नेपालकै सर्वाधिक संख्यामा सहभागी हुने दौड प्रतियोगिता १० औं नेवा च्यारिटी धरान रन १० किमी २०७८ भव्यरुपमा शुभारम्भ भएकाे छ । धरान रनमा नेपाल, भारत, हङकङ, बेलायत, जर्मन, कतार आदि मुलुकबाट धावकधाविकाहरूको सहभागिता रहेकाे छ। ‘शिक्षाका निम्ति च्यारेटी दौड’ भन्ने मूल नाराका साथ प्रतियोगिता शुरू भएकाे हाे ।

बिहान भानुचोकबाट धरान रन शुरु भएको उक्त दैड प्रतियोगिता कोभिड महामारी पश्चात ठुलो संख्यामा धावकधाविकाहरु सहभागी भएका हुन् । धरान रनका अनुसार करिब ३६ सय जनाकाे सहभागिता रहेकाे जनाएकाे छ । साथै यसपटक ह्विल चियर रन पनि आयोजना गरिएको थियाे । तस्विरहरू

तस्विरहरू : संजिता धमला

प्रतिक्रिया

सम्बन्धित