गाईको मरण, गिद्धको चरन ( १२ तस्विरहरू )

शुक्लागण्डकी नगरपालिका–९ घारीमा नगरपालिकाले छाडा पशु चौपायको व्यवस्थापनका लागि गौँ संरक्षण केन्द्र स्थापना गरेको छ । गौ संरक्षण केन्द्रमा नगरका छाडा गाईगोरु संरक्षण गरिन्छ । तर, विभिन्न रोगबाट ग्रसित गाईगोरुको मृत्यु भएपछि त्यसलाई गिद्धले आहारा बनाउने गरेको छ । हिउँदको समयमा चिसोको कारण बढी गाई गोरु मर्ने गर्छन् ।

तिनै मरेका गाई गोरुलाई आहारा बनाउन पाउने भएपछि घारी आसपास गिद्ध बढेका छन् । सोमबार गौ संरक्षण केन्द्रभित्रै एउटा गाई मरेको थियो । मरेको त्यही गाईलाई गिद्धले आफ्नो आहारा बनाईरहेका थिए । र गाई गोरुले चौरमा उम्रन थालेका घाँसलाई आहारा बनाईरहेको देखिन्थ्यो । यहाँ गौ संरक्षण त भएको छ नै गिद्धको पनि संरक्षण भएको छ । शब्द/तस्बिर : विनोद ढुंगाना

प्रतिक्रिया

सम्बन्धित