बलत्कार पछि ११ वर्षीया करुणाको हत्या, गिरी पक्राउ ( १२ तस्विरहरू)

लेटाङ । लेटाङमा बलत्कार पछि एक बालिकाको हत्या भएको छ । ३ दिन देखि बिद्यालय बाट घर फर्किने क्रममा बाटैमा हराएकी लेटाङ ८ जाँते ज्यामिरेकी ११ बर्षिय करुणा राईको आज बिहान मृत अवस्थामा प्रहरीले फेला पारेको हो ।
लेटाङ ८ जाँते बजार र लालझोडा बिचको जंगलमा लास फेला परेको हो । घट्ना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मोरङको लेटाङमा नग्न अवस्थामा ११ वर्षीया बालिकाकाे शव फेला

मोरङको लेटाङ नगरपालिकाकी ११ वर्षीया करुणा राई मृत अवस्थामा फेला परेकी छन् । स्थानीय लालझोडा सामुदायिक वनको जंगलमा खाल्डो खनेर गाडिएको अवस्थामा करुणको शव भेटिएको हो । बुधबारदेखि हराइरहेकी खाल्डोभित्र नाङ्गो अवस्थामा उनको शव भेटिएको हो । बालिकाको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।

बलात्कारपछि हत्या गरेर उनको शव गाडिएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले घटनामा संलग्न भएको आशंकामा ४ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । यसैबीच बालिकाको हत्याको विरोधमा लेटाङमा स्थानीयबासी तथा विद्यार्थीहरुले प्रदर्शन गरिरहेका छन् ।

करुणाको हत्या आरोपमा दिपक गिरी पक्राउ

मोरङ । मोरङको लेटाङ नगरपालिका – ८ ज्यामिरे टोलकी ११ वर्षिया करुणा राईको हत्या आरोपमा प्रहरीले सोही ठाउँका ६३ वर्षिय दिपक गिरीलाई पक्राउ गरेको छ । गिरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए । गिरीले बुधबार पाँच बजे स्कूलबाट घर फर्किएकी करुणालाई बलत्कार गरेपछि हत्या गरेको स्वीकार गरेको एसपी जिसीले बताए ।

‘बलत्कार गरेपछि बालिकाको मुख थुनेर हत्या गरेपछि ढुङ्गाले थिचेर हिडेको बयानको क्रममा स्वीकार गरेका छन्,’ एसपी जिसीले भने, ‘अहिलेसम्मको प्रराम्भिक अनुसन्धानबाट गिरीको मात्र संलग्न देखिएको छ । थप अनुसन्धान भइरहेको छ ।’ पक्राउ परेका गिरीको एक महिना अगाडी श्रीमतिको मृत्यु भएको थियो ।

श्रीमतिको मृत्यु भएपछि उनी एक्लै बस्दै आएका थिए ।पक्राउ परेका गिरीले बालिका हत्या गरेको स्थान उनको घरदेखि एक किलोमिटर उत्तरमा पर्दछ ।स्कूलबाट घर फर्किने क्रममा बुधबारदेखि हराएकी करुणाको शुक्रबार विहान लेटाङ ८ जाँते लालझोडामा रहेको लालहीरा सामुदायिक वनभित्र केराको झ्याङ भित्र शव फेला परेको हो ।मृतकको शव नाङ्गो अवस्थामा भेटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित