नेपालकै पहिलो सिन्धुलीगढी युद्ध सङ्ग्रहालय ( १० तस्विरहरू )

सिन्धुली / सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–३ स्थित ऐतिहासिक सिन्धुलीगढीमा नेपाली सेनाले नेपालकै पहिलो युद्ध सङ्ग्रहालय निर्माण सम्पन्न भएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले समुद्घाटन गरी अाैपचारीक रूपमा खुल्ला गरीएकाे छ । नेपाल एकीकरणका बेला अङ्ग्रेज फौजलाई हराएको बिरासत बोकेको ऐतिहासिक सिन्धुलीगढीमा नेपाली सेनाको नागरिक सहयोग अभियानअन्तर्गत २०७६ साल माघ महिनादेखि युद्ध सङ्ग्रहालय बनाउन सुरु गरिएको थियो । उक्त सङ्ग्रहालय निर्माण गर्ने जिम्मेवारी सदरमुकाम सिन्धुलीमाढीस्थित नेपाली सेनाको बर्दबहादुर गणले पाएको छ ।

नागरिक र सैनिक सम्बन्धको उत्कृष्ट नमूनाका रुपमा सङ्ग्रहालय रहेको जनाउँदै राष्ट्रपतिले अनुसन्धानकर्ता, विद्यार्थी एवं स्वदेशी र विदेशी पर्यटकका लागि गन्तव्यस्थलका रुपमा विकास गर्न सकिने बताउनुभयो । एकीकरणका घटना र विषयलाई पाठ्यक्रममा समावेश गरी राष्ट्रिय एकता प्रवद्र्धन गरिनुपर्नेमा राष्ट्रपतिको जोड थियो ।

सांसद गणेशकुमार पहाडीले ऐतिहासिकस्थल संरक्षणका लागि १०० पर्यटकीय गन्तव्यस्थलमा समावेश गरेर सिन्धुलीगढीलाई चिनाउने काम भएको बताउँदै यो पर्यटकीयस्थलका रुपमा अङ्ग्रेजहरुको पनि गन्तव्यस्थल हुन सक्ने बताउनुभयो । प्रधानसेनापति पूर्णचन्द्र थापाले ऐतिहासिकगढी, किल्ला र एकीकरण मार्गको संरक्षणको कार्ययोजना बनाएर संरक्षणमा लागिएको बताउनुभयो । उहाँले इतिहास बिर्सने राष्ट्रको औचित्य नहुने भएकाले २५३ वर्षअघिको ऐतिहासिकस्थललाई चिनाउने काम भएको छ भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित