आहा इटहरी : विदेशी सडककाे झल्काे दिने इटहरी- तरहरा सडक खण्ड ( १५ तस्विरहरु )

इटहरी / महत्वकांक्षी योजनाको रुपमा अगाडि बढाइएको बिराटनगर रानी भन्सारदेखि सुनसरीको धरान जोड्ने व्यापारिक लोकमार्ग विस्तार परियोजनाको काम भइरहेकाे छ । बिराटनगर-इटहरी खण्ड र इटहरी-धरान खण्डलाइ विभिन्न भागमा बिभाजन गरेर निमार्ण कार्य भइरहेकाे हाे । अहिले इटहरी- तरहरा खण्डकाे निमार्ण कार्य अन्तिमा चरणमा पुगेकाे छ । ६ लेन सकडमा अहिले बत्ति जडान, रंग राेगन र फुटपाथ निर्माण गर्ने लगायतका काम चलिरहेकाे छ ।

इटहरी- तरहरा खण्डमा रंग राेगन र बत्ति जडान भएकाे क्षेत्रकाे दृश्य निकै शुन्दर देखिने गरेकाे छ । विदेशी सडककाे झल्काे दिने सडकमा अहिले टिकटक बनाउने र फाेटाे खिच्नेहरुकालागि राेजाइकाे स्थान बनिरहेकाे छ । फराकिलाे सडक, सडकमा राखिएकाे रङ्गिन डिभाइडरले सडकमा राैनकता थपेकाे छ ।

चाैडा सडकमा राखिएका बत्तिले तारिकाे समयमा सडक झन खुल्ने गरेकाे छ । पुर्वेली न्यूजले तस्विर मार्फत उक्त सडक खण्ड देखाउने प्रयास गरेकाे छ । हेर्नुहाेस् तस्विरहरु ।

प्रतिक्रिया

सम्बन्धित