सिन्धुपाल्चोकमा बाढी र पहिरोको बितन्डा (तस्बिरहरू)

सिन्धुपाल्चोक । बाढी तथा पहिरोमा परी सिन्धुपाल्चोकमा ७ जनाको मृत्यु भएकाे छ । मंगलबार साँझ आएको बाढी पहिरोमा परी सात जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ । मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्षति पुर्याएको छ ।

हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल बगेका छन् । सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ । हिंडेर जान सक्ने स्थिति नभएकाले नेपाली सेनाको हेलिकोप्टर र अन्य निजी हेलिकप्टरलाई परिचालन गर्ने तयारी भइरहेको जनाइएकाे छ ।

यसै गरि बाढीले हेलम्बुमा पुल केही होटलहरु पनि बगाएको छ । नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूलसहित अन्य केही पूल बगाएको हो ।

यस बारेमा अझै के–के क्षति भएको छ भन्ने बारेमा स्थलगत डाटा सङ्कलन भइरहेकोले के कति क्षति भयो भन्न सक्ने अवस्था छैन । मेलम्ची खानेपानी ड्याम पुर्ण रुपमा समाप्त भएको स्थानीयले बताएका छन् । तिम्बु बजार, मेलम्ची बजार,चनौटे बजार, बाहुनेपाटी बजार बजारहरु पुरै डुबानमा परेका छन् । तस्विर सौजन्यः सामाजिक सञ्जाल

प्रतिक्रिया

सम्बन्धित