ठडियो धरहरा (फोटोफिचर)

काठमाडौँ । वि.सं. २०७२ साल वैशाखमा आएको भूकम्पकाे कारण १२ हजार बढी मानिसको ज्यान गयो भने करिब ५ लाख भौतिक संरचनाहरु ध्वस्त भए । तिमध्ये हजारौँ सांस्कृतिक सम्पदाका धरोहरहरु समेत परे । त्यस्तैमा ऐतिहासिक संरचना धरहरा पनि ढल्यो ।

सरकारले पुनर्निर्माण गर्ने प्रतिवद्धताअनुसार ५ वर्षपछि धरहराको स्वरुप ठडिएको छ । केही महिना अघि ऐतिहासिक रानीपोखरीको पुनर्निर्माण सम्पन्न गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहराको पुनर्निर्माण अन्तिम चरणमा पुगेको जनाएको छ ।

त्यही क्रममा वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन गरिने कार्यक्रम तय भएको छ । धरहरामा लिफ्टको काम तथा अन्य केही कार्यहरु बाँकी नै रहेकाले सर्वसाधारणले भने केही समयपछि मात्रै अवलोकन गर्न पाउने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित