आगलागी पश्चातकाे दोभान बजार , ४९ घर जलेर नष्ट ( १० तस्विरहरू)

ताप्लेजुङ / ताप्लेजुङको दोभान बजारमा एका बिहानै आगलागी भएको छ। मेरिङ्देन गाउँपालिका र आठराइ त्रिबेणी गाउँपालिकाको संगम क्षेत्र  दोभान बजारमा बिहान ९ बजे बाट सुरु भएको आगलागी नियन्त्रणमा आएकाे छ । आगाेलागीका कारण ४९ ओटा घर जलेर पुर्ण रुपमा नस्ट हुदा ५५ परिवार बिस्थापित भएका छन |

दोभान बजार ताप्लेजुङ सदरमुकाम फुङ्लिङपछिको दोस्रो ठूलो र व्यस्त बजार मानिन्छ। सबै घर जोडिएर बनेका र काठ र टिनबाट निर्मित घर भएकोले आगो झन् दन्किरहेको प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईले बताएका छन्। आगो नियन्त्रण गर्न अहिले दमकलको प्रयोग गरिएको छ । आगलागीको कारण खुल्न सकेको छैन । आगालागीबाट भएको क्षतिको विवरण प्राप्त हुन सकेको छैन ।

तस्विरहरू : सामाजिक संजाल

प्रतिक्रिया

सम्बन्धित