सुनसरीमा यसरी भयाे माघी गीतकाे छयांकन (तस्विरहरू)

इटहरी / थारु चलचित्र तथा सांस्कृतिक संघ सुनसरीको ब्यानरमा माघेसंक्रान्ति अर्थात माघी (तिलासंक्राइत) पर्व लक्षित अ सकिएको छ । प्रत्येक वर्षको माघ १ गते मनाइने माघी पर्व यसपटक संगीतमय हुने अपेक्षा गरिएको छ । ‘आब आब नाचम सबकोई माघीमे’ बोलको गीत प्रतिक्षित गीत मध्ये एक हो । पूर्वी नेपालमा थारु जातजातिको बाक्लो बसोबास भएको सुनसरीबाट उक्त बोलको गीत सार्वजनिक हुन लागेकाे हो ।

युवा गायक सुनिल चौधरीको स्वर, शब्द, संगीत र गायिका अनुमा चौधरीको स्वरमा सुसज्जित माघी गीत कोभिड-१९ का कारण छयांकन गत वर्ष रोकिएको थियो । संघका सचिव, निर्देशक, कोरियोग्राफर जनक चौधरीका अनुसार माघी म्युजिक भिडियोको क्वालिटीमा कुनै सम्झौता गरिएको छैन । पुर्व मेची देखि पश्चिम महाकालीसम्मका थारु संस्कृति र पहिचान बोकेको यो गीत यहि पुष २० गते सार्वजनिक गरिने संघका बरिस्ठ उपाध्यक्ष तथा गायक सुनिल चौधरीले जानकारी गराएका छन् । थारु महानायक परशुराम चौधरीका अनुसार भिन्न ठाउँका थारुहरुका भाषा, भेषभुषा भिन्न भएपनि खानपिन, रहनसहन, कला, संस्कृति उस्तै छन् । त्यसैले आ-आफ्नै ठाउँमा रहेर पनि आफ्नो कला र संस्कृतिलाई जोगाउनु पर्छ । आफ्नो कला, संस्कृति र पहिचानलाइ संसारमाझ देखाउन र संरक्षण गर्न पछी पर्नु हुदैन । पुर्व, पश्चिम, उत्तर र दक्षिणमा छरिएर रहेका नेपाली थारुहरु सबै एक हौँ र एक हुनुपर्छ भन्ने संदेश दिने उत्कृस्ट र सरल माध्यम गीत-संगीत भएको संघका अध्यक्ष जानकी चौधरीले बताएकी छन् ।

कलाकार जनक चौधरी, दिनेश चौधरी, बिनोद चौधरी, कृष्ण चौधरी, बिमल चौधरी त्यसैगरी एन्डीसा चौधरी, ललिता चौधरी, सनम चौधरी, दिपिका चौधरी र अस्मिता चौधरीको मुख्य अभिनय र भूमिका रहेको छ ।

सम्पूर्ण आधुनिक इन्स्ट्रुमेन्टस् फोरके क्यामेरा, ड्रोन क्यामेरा, क्रेन र अन्य साधनहरुको प्रयोग गरी कोशी भिजन सुनसरीले इटहरी-१८, रहिपुरमा थारु परम्परागत शैलीमा सुसज्जित स्थलमा उक्त गीतको छायांकन गरेको हो । YouTube बाट संस्थाको आधिकारिक च्यानल TFCA Nepal मा पनि उक्त म्युजिक भिडियो हेर्न सकिने संस्थाले जानकारी दिएको छ । गीत रेकर्डीङ्ग देखि छयांकन सम्ममा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिदै आगामी दिनहरुमा पनि यसरि नै आफ्नो मौलिकता र पहिचान बोकेका गीतहरु सार्वजनिक गरिने पनि अध्यक्ष चौधरीले बताएकी छन् ।

सुटिंग स्थलका केहि झलकहरु

प्रतिक्रिया

सम्बन्धित