यस पटकको छठ : आँगन देखि छत सम्म (तस्विरहरू)

इनरुवा / विगतका वर्षहरुको तुलनामा यस पटक छठ पर्व धेरैले आफु अनुकुलको बन्दोवस्तीका साथ मनाएका छन् । कोरोना महामारीका कारण सरकारले सार्वजनिक स्थानमा भीडभाड हुनेगरी छठ नमनाउन गरेको आग्रहलाई धेरै हदसम्म नागरिकले स्विकार समेत गरेको देखिन्छ ।

अघिल्ला वर्ष खोला तथा नदी किनार केन्द्रीत हुने छठ यस पटक भने धेरै स्थानमा घरमै सीमित बनेको छ । सुनसरीको इनरुवा सहित विभिन्न स्थानमा यस पटक धेरै ब्रतालुले घरमै खाडल खनी भरिएको पानीमा डुबेर सूर्यलाई अर्घ दिई पूजा गरेका छन् । आँगनमा सम्भव नभएकाहरुले घरको छतमै पानी जमाएर समेत छठ पर्व मनाएका छन् ।

सुनसरी, मोरङको हकमा यसअघि नहरमा पानी नछोडने भनिएको थियो । सोही अनुरुप समेत धेरैले आफु अनुकुलको छठ पूजाको प्रवन्ध मिलाएका थिए ।
यद्यपि अन्तिम समयमा सुनसरी मोरङ सिचाई आयोजनाले नहरमा पानी छाडेसँगै खोला तथा नहरमा समेत घाट बनाएर छट पर्व मनाउनेको संख्या उल्लेख्य देख्न सकिन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित