लकडाउनले चम्काएकाे पूर्वको ‘सेल्फी रोड’ (तस्विरहरू सहित)

पथरी / लकडाउनमा पूर्वको ‘सेल्फी रोड’ निकै चर्चामा आयाे । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका-२ स्थित बोक्रे चोक जाने सडक अचेल ‘सेल्फी रोड’का नामले चिनिन थालेकाे हाे । करिब १ किलोमिटर कालोपत्रे भएको यो सडक पथरी र उर्लावारीको सीमानामा पर्दछ ।

करिब १ किलोमिटर लम्बाईको यो सडकमा फोटो र भिडियो खिच्नेहरुको धेरै नै भीड देखिन्छ । झापादेखि धनकुटाबाट समेत सडकमा फोटो र भिडियो खिच्ने मानिसहरु आउने गरेका छन् । सडकको दायाँबायाँ प्राकृतिक पुर्नउत्पादनबाट हुर्काइएका सालका रुखहरु छन् ।

रुखहरुमा इनामेल हालेर सेतो रंग पोतिएको छ । धेरैले यो सडकमा टिकटक बनाउने गरेको भएपनि बोक्रे चोकका स्थानीयहरु यहाँ आएर सेल्फी खिच्ने भएकाले यो सडकको नाम स्थानीयले नै सेल्फि रोड राखिदिएको स्थानियहरू बताउछन् ।

नेपालमा कोरोनाका कारण लकडाउन शुरू भए पछि पर्यटकीय स्थलहरु बन्द भएका थिए त्यहि समयमा पूर्व पश्चिम राजमार्गमा हिँड्ने मानिसहरु यो सडकमा आमार गर्ने, फोटो खिच्ने तथा भिडियो बनाउने क्रम बढे सगै यसकाे प्रचारप्रसार शुरू भएकाे हाे । पथरीको चौतारी सामुदायिक वन क्षेत्रभित्र पर्ने यो सडकमा फोटो र भिडियो खिच्नकै लागि भनेर दैनिक ४ देखि ५ हजारको संख्यामा मानिसहरु आउने गरेका छन् ।

हाल यो सडकमा दर्जनौं गीतहरुको छायांकन भइसकेका छन् । सामुदायिक वनले पर्यापर्यटन क्षेत्रको रुपमा उक्त सडकलाई विकासित गर्ने योजना अघि सारेको छ । तस्विर साैजन्य : गाेपाल काफ्ले

 

 

प्रतिक्रिया

सम्बन्धित