भेडेटारमा यस्तो बन्दैछ दक्षिण एसियाकै पहिलो स्काईवक ( १९ तस्विरहरु )

भेडेटार । धनकुटा र सुनसरीको सिमानामा रहेको पुर्बको पर्यटकीय केन्द्र भेडेटारको चार्ल्स भ्युटावरको भुभागमा निर्माण हुने स्काईवक परियोजनाको निर्माण तथा संचालनको बिषयमा समझदारी भएको छ ।

विहिबार प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छलफल भई समझदारी पत्रमा हस्ताक्षर गरीएको हो । धनकुटाको साँगुरीगढी गाँउपालिका, धरान उपमहानगरपालिका र प्रदेश लगानी प्राधिकरण, प्रदेश नंम्बर १ बिच त्रिपक्षीय सम्झौता समझदारी भएको छ । साँगुरीगढी र धरानका तर्फबाट प्रमुख प्रशासकिय अधिकृत सूर्यबहादुर भण्डारी र विदुर प्रसाद खनालले हस्ताक्षर गरेका छन् । भने प्रदेश लगानी प्राधिकरणको तर्फबाट कार्यकारी निर्देशक डा.सरोज कोइरालाले हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार बोन्डर्स एम्युजमेन्ट पार्क्स एण्ड अट्राक्सन प्रा. लि. बुढीगंगा मोरङले स्काईवक निर्माण गर्ने भएको हो । भ्युटावरले चर्चेको भुभाग पहिलो र दोश्रो पक्षले लिजमा दिन साथमा लिजको समयावधि, निर्माण तथा संचालनको ढाँचा र परियोजना संचालन पश्चात लिज, रोयल्टी तथा अन्य शुल्क बापत प्राप्त गर्ने रकम बाँडफाँडको विषय २२ दिनभित्र टुङ्गयाउने सहमती भएको छ ।

त्यसैगरी जग्गा लिजको प्रक्रिया अघि बढाउन आ–आफ्नो पालिकाबाट निर्णय गराएर प्रदेश लगानी प्राधिकरणमा २२ दिनभित्र बुझाउने सहमति पनि भएको छ । साथै अन्य कुरामा आपसि समजदारी र कानुन बमोजिम गर्ने पनि उल्लेख गरिएको छ । धरानका मेयर तिलर राई र गाँउपालिकाका अध्यक्ष कुमारजंग याक्खाले पत्रको रोहवरमा हस्ताक्षर गरेका छन् ।

दक्षिण एसियाकै पहिलो स्काईवक

दक्षिण एसियामै पहिलो भनिएको उक्त परियोजनाको कुल लागत २० करोड रहेको बताइएको छ । कुल लागतको ५० प्रतिशत बित्तिय संस्थाको लगानी रहनेछ । बाँकी ५० प्रतिशतमा २० प्रतिसत स्थानिय र ८० प्रतिसत अन्य व्यवसायीहरूकाे लगानी रहनेछ ।

परियोजना १ बर्ष भित्र निर्माण सम्पन्न हुने प्रजेक्ट डाइरेक्टर संजिब रोकायाले बताए । उनका अनुसार स्काईवकको उचाइ १०० मिटर देखी ५०० मिटर, ४ मिटर चौडाइ हुनेछ भने घुम्तिमा १० मि रहनेछ । भेडेटारको शैलुड डाँडाबाट धरान तर्फ ३९ मिटर लामो हुने बोन्डर्स एम्युजमेन्ट पार्क्स एण्ड अट्राक्सनका अध्यक्ष ई.आकर्षण पोखरेलले बताए ।

१० लाख पर्यटक र १ हजारलाई रोजगारी

परियोजनामा बार्षिक १० लाख पर्यटक भित्राउने उदेश्य रहेको छ । भारतको उत्तर प्रदेश, बिहार, सिक्किम, भुटान, बंगलादेश साथै अन्य देशबाट समेत पर्यटक भित्राउने लक्ष्य लिइएको छ । नेपालको प्रदेश नं. १ तथा भेडेटारकाे पर्यटन बिकासमा समेत यसको बिशेष महत्व रहेको छ । साथै यस परियोजनामा प्रतक्ष तथा अप्रतक्ष रूपमा १ हजार भन्दा धेरैले रोजगारी पाउने छन् । त्यसैगरी प्रदेश नं १ का मुख्य शहर विराटनगर, इटहरी, धरान, बिर्तामोड लगायतको क्षेत्रमा समेत विदेशी तथा आन्तरिक पर्यटकको चहलपहल बढ्नेछ । यहाँबाट भेडेटार, धरान, इटहरी, सप्तकाेशी लगायत बिभिन्न ठाउँहरूकाे दृष्याअबलाेकन गर्न सकिनेछ । यो परियोजना समयमा नै निर्माण सम्पन भए प्रदेश १ को आर्थीक बिकासमा समेत महत्वपुर्ण भुमिका खेल्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित