यस्ताे छ मोरङको सुन्दरहरैचामा निर्माण सम्पन्न भएकाे प्रदेश नं. १ कै नमुना शाैचालय ( तस्विरहरू सहित)

सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा नगरपाकलिका अन्तर्गत विराटचाेक तथा सलकपुरमा दुईवटा नमूना सार्वजनिक शाैचालयको निर्माण कार्य सम्पन्न भएको छ । सुन्दरहरैंचाकाे विभिन्न ठाउँमा निर्माण भइरहेका नमुना सार्वजनिक शौचालय मध्य सलकपुर तथा विराटचौकका दुईवटा निर्माण सम्पन्न भएको हुन् । नगरकाे खोर्साने तथा हरैंचामा सार्वजनिक शाैचालय निर्माण भइरहेको छ । बलिया, गछिया तथा गोठगाँउमा सार्वजनिक शौचालय निर्माणाधीन अवस्थामा रहेकोमा छ ।

शौचालय निर्माण थालिएको हरैचा बाहेक अन्य छ स्थान पूर्व पश्चिम राजमार्गमा पर्छन् । सार्वजनिक शौचालयमा आधुनिक पुस्तकालय सहितकाे सुविधाहरु हुने तथा शौचालय एउटै डिजाइनमा निर्माण भएको सार्वजनिक शौचालय निर्माण महाअभियान समितिका अध्यक्ष भोलेश्वर दुलालले बताए । उनले निर्माण सम्पन्न भएका उक्त शौचालयको उद्घघाटन असोज २७ गते प्रदेश १ का मुख्य मन्त्री शेरधन राईबाट हुने जानकारी दिए ।

स्थानीयबासीको अग्रसरतामा करिब ९ करोड ६४ लाख लागतमा निर्माणधिन शौचालयका लागि ३५ प्रतिशत मात्र स्थानीय सरकारको लगानी रहेको छ । बाँकी ६५ प्रतिशत रकम स्थानीयबासीले आफैले जुटाएका छन् । शौचालय निर्माणका उद्योगपती तथा समाजिक व्याक्तित्व भोलेश्वर दुलालको अध्यक्षतामा सार्वजनिक शौचालय निर्माण महाअभियान सञ्चालनमा रहेको छ ।

यस्ता छन् सार्वजनिक शौचालयमा सुबिधा

शौचालय भवनभित्र सम्पूर्ण सुविधा उपलब्ध हुनेछ । शौचालयमा इन्टरनेटको सुविधा सहितको आधुनिक पुस्तकालय, चमेना गृह, सैलुन, आराम कक्ष समेत हुने उल्लेख गरिएको छ । सार्बजनिक यातायतालाई लक्षित गरी निर्माण गरिएको शौचालयमा गाडी पार्किङका लागि स्पेस समेत रहेको छ । राजमार्गमा निर्माणाधीन दुई तल्ले शौचालयको भुई तलामा शौचालय, चमेनागृह, यात्रु आराम कक्ष र सैलुन रहेकाे छ ।

पहिलो तल्लामा अडियो भिडियो सुविधा सहितको आधुनिक पुस्तकालय रहने अध्यक्ष दुलालले बताए । पुस्तकालय सहितको शौचालय युरोपेली मापदण्ड अनुसारको सुविधा सम्पन्न रहेकाे छ । २०७४ माघबाट निर्माण सुरु गरिएको शाैचालयहरु मध्ये विराटचाेक तथा सलकपुरकाे गरि २ वटाकाे निर्माणको कार्य सम्पन्न भएको हाे ।

प्रतिक्रिया

सम्बन्धित