हिमानीले मनाइन् ४५ औँ जन्मदिन, देखिएनन् पारस (फोटो फिचर)

काठमाडौं / पूर्व युवराज्ञी हिमानी शाहले आफ्नो ४५ औँ जन्मदिवस मनाएकी छन् । बालुवाटारस्थित हिमानी ट्रष्टको कार्यालयमा मनाइएको जन्मदिन कार्यक्रममा कार्यक्रममा उनका पति पूर्व युवराज पारस भने देखिएनन् ।

दुई छोरीहरु पूर्णिका र कृतिकाको पढाईका कारण धेरैजसो थाइल्याण्डमा बस्दै आएपनि कोभिड–१९ का कारण पढाई नहुने भएपछि हिमानी छोरीहरुका साथ यतै छिन् । यसैक्रममा उनको ४५ औँ जन्म दिन मनाइएको हो।

आधा दर्जन शुभेच्छुकहरुका साथ ट्रष्टको कार्यालयमा उनले जन्म दिनको अवसरमा केक काटेकी थिइन् । उनले केक काटिरहेको तस्वीरमा पूर्व अधिराजकुमारी प्रेरणा लगायत उनका केही शुभेच्छुकहरु देखिन्छन् ।

पति–पत्नीबीचको सम्बन्ध अझै सुमधुर हुन नसक्दा हिमानीको ४५ औँ जन्मदिनको अवसरमा पारश शाह उपस्थित भएनन् । स्रोतका अनुसार, अघिल्लो हप्तासम्म काठमाडौँमै रहेका उनी फेरि पोखरा लागेका छन् । मितिका हिसावले हिमानीको जन्म दिन १५ असोज भएपनि तिथिका हिसावले चाहिँ दशैँको महानवमी हो । सोही दिन पनि उनको जन्म दिन मनाइने स्रोतले बतायो।

तस्वीरहरुः हेम अन्तको फेसबुकबाट

प्रतिक्रिया

सम्बन्धित