कुबेतबाट आएका ९३ जना चतराधामको होल्डिङ्ग एरियामा (तस्विरहरू)

सुनसरी / कुबेतबाट आएका ९३ जना चतराधामको होल्डिङ्ग एरियामा राखिएको छ ।  प्रदेश नं. १ का विभिन्न जिल्लाका ९३ जना महिलाहरुलाई सुनसरी जिल्लाको चतरास्थित नेपाली सेनाको सुरक्षामा रहेको होल्डिङ सेन्टरमा राखिएको हाे । चतराको रामानन्दाचार्य सेवापीठमा श्री पुर्वी पृतना हेडक्वाटर द्वारा तयार गरिएको प्रदेश स्थरिय होल्डिङ सेन्टरमा उल्लेखित महिलाहरुलाई राखिएको र ती महिलाहरुलाई केहि समय उक्त्त होल्डिङ एरियामै राखि सम्वन्धितको स्थानिय निकायहरु सँग सम्नयन पस्चात पठाईने ब्यवस्था मिलाईएको पुर्वी पृतना हेडक्वाटरले जनाएकाे   छ ।

प्रदेश नं. १ अन्तरगत झापा जिल्लाका ३७ सुनसरी जिल्लाका १८, मोरङका २१, इलामका ४, पाँचथरका ३, ताप्लेजुङ्गका २, तेह्रथुमका २, धनकुटाका १, भोजपुरका १ सोलुखुम्बुका ३ र खोटाङ्ग जिल्लाका १ जना रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित