धरान आगलागी नियन्त्रणमा : आमा र छोरीकाे जलेर मृत्यु ( १५ तस्विरहरू)

धरान / सुनसरीको धरान १५ को स्विमिङ पुल नजिकै रहेको नरबहादुर श्रेष्ठको घरमा आगलागी हुँदा २ जनाको जलेर मृत्यु भएको छ । आगलागीमा परि नरबहादुर श्रेष्ठको आमा ८७ वर्षीय धनकुमारी श्रेष्ठ र बहिनी ५८ वर्षीय बोल्न नसक्ने सीता श्रेष्ठको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । आगालागिको कारण खुल्न नसके पनि स्थानीयका अनुसार ग्याँस लिक भएर आगलागी भएको भन्ने अनुमान गरिएको छ ।

आगो नियन्त्रणका लागि धरान उपमहानगरको दुई वटा दमकल, प्रहरी र स्थानीयवासी खटिएका छन् । एक तला गाह्रो लगाएको र अर्को तला काठले बनेको दुई तले घर जलेर पुर्णरुपमा नष्ट भएको छ । आगलागी नियन्त्रणमा अाइसकेकाे छ भने मृतक दुवै जनाको शव घरको तलामाथि जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिने इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिएका छन् ।

याे पनि पढ्नुहाेस्

धरान आगलागी अपडेट : आमा छाेरीकाे शव तलामाथि जलेको अवस्थामा भेटियाे

प्रतिक्रिया

सम्बन्धित