के इटहरीमा लकडाउन खुलेको हो ? (३० तस्विरहरू)

इटहरी / नेपालमा गत चैत ११ गतेदेखि लकडाउन जारी रहेको छ । कोरोनाभाइरस संक्रमणको तिव्र रूपमा फैलिरहेकाे छ । यसकाे रोकथाम तथा नियन्त्रणका लागि विश्व भर उपयुक्त मानिएकाे लकडाउन नेपालमा पनि जारी छ । लकडाउनले गर्दा मानिसहरु भोकै बस्नु पर्ने अवस्था आए पछि लकडाउन केहि खुकुलाे बनाइएकाे छ । यसकाे मोडालिटी परिवर्तन गर्नेबारे पनि बहस भइरहेको छ ।

भारतबाट आएकाहरूमा धमाधम संक्रमण देखिरहेकाे अवस्थामा भारत सँग सिमाना जाेडिएकाे सुनसरीमा भने लकडाउन निकै खुकुलाे छ । त्यसैक्रममा केही दिनअघिदेखि सुनसरीकाे इटहरीमा पनि विहान ७ बजेदेखि १० बजेसम्म अत्यावश्यक उद्योगधन्दा तथा पसलहरु खोल्ने निर्णय भएको थियो । त्यसै अनुरुप प्रमुख व्यापारिक केन्द्रको रुपमा उदाउँदै गरेको इटहरीमा निकै चहलपहल देखिने गरेको छ ।

इटहरीमा कपडा, रेडिमेड, भाँडाकुडा, जुत्ताचप्पल, हार्डवयेर, शैलुन, पानपसल, बिजुलीपसल, हाेटल लगायतका पसलहरु खुल्न थालेका छन् । कार, सिटीसफारी, बाइक, साइकललगायतका सवारीहरुको भीड नै लाग्न थालेको छ । इटहरीमा नै काेराेना संक्रमित भेटिएकाे साथै संक्रमणकाे जाेखिम झन बढि रहेकाे अवस्थामा खुलेयाम बजार संचालन भएकाे प्रति धेरै सर्बसाधरण अच्ममा परेकाे बताउछन् । उद्योगधन्दा तथा पसलहरुमा निकै कम मात्रामा सुरक्षाका उपायहरू अपनाएकाे देख्न सकिन्छ । बैंक तथा वित्तीय संस्थामा सर्बधारणकाे अत्याधिक भिड लाग्ने गरेकाे छ । तर यस्ता स्थानमा सामाजिक तथा भाैतिक दुरीकाे पलना भएकाे छैन् । यसले पनि संक्रमणकाे जाेखिमलाई झन बढाएकाे छ ।

यता देशभर पछिल्लो समय कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढीरहेको छ । पूर्वकाे केन्द्रकिन्दु रहेकाे इटहरीमा नागरिककाे चहलपहल निकैनै रहेकाे पाइन्छ । सामान्य हेलचेक्राइले गर्दा कोरोना संक्रमितको संख्या बढाउने सम्भावना रहन्छ । इटहरीमा स्थानिय सरकारकाे लकडाउन नियन्त्रण गर्न असफल रहेकाे देखिन्छ । लगातार ३ महिनासम्म लकडाउन हुँदा व्यवसायीहरू मार्कामा परेका छन् तर यसरी अव्यवस्थित तरिकाले व्यवसाय संचालन गरे भाेलिकाे अवस्था नियन्त्रण बाहिर समेत जान सक्छ । अव्यवस्थित तरिकाले व्यवसाय संचालन गर्नु भन्दा निश्चित व्यावसयका लागि निश्चित दिन संचालन गर्न दिनु उचित देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित