छाङ्रुको सीमा क्षेत्रमा गस्ती शुरु, नेपाल प्रहरी तिंकर प्रस्थान (फोटो फिचर)

भारतले मिचेको नेपाली भुमी कालापानी नजिकै सशस्त्र प्रहरी र नेपाल प्रहरीले आ‐आफ्नो सुरक्षा पोष्टहरु स्थापना गरेको छ । सिमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण तथा सिमा रक्षाका लागी सुरक्षा पोष्टहरु राखिएको सम्बन्धित सुरक्षा निकायका प्रमुखहरुले बताएका छन् ।

बुधबार नेपाली सेनाको हेलिकप्टर मार्फत सशस्त्र प्रहरी निरिक्षक लिलिबहादुर चन्दको नेतृत्वमा ब्याँस गाउँपालिका‐१ छाङरुमा सशस्त्र प्रहरीले आफ्नो बिओपी स्थापना गरेको छ । सशस्त्र प्रहरीले सितापुल, तिंकर, छाङरु लगायतका क्षेत्रमा सिमा गस्ती गरिरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका गुल्मपति डम्बरबहादुर बिष्टले जानकारी दिनुभयो ।

भारतले नेपाली भुमी कालापानी, लिपुलेक हुँदै तिब्बतको कैलाश मानसरोबर सम्म जाने सडक निर्माण गरे पछि सिमा रक्षाका लागी सशस्त्र प्रहरीको बिओपी स्थापना गरिएको हो । यसैबिच मंसिरमा चिसोका कारण ब्याँस गाउँपालिकाको सितापुलबाट दुम्लिङ झरेको नेपाल प्रहरीको टोली समेत बिहीबार तिंकर प्रस्थान गरेको छ ।

सदरमुकाम खलंगाबाट नेपाली सेनाको हेलिकप्टर मार्फत प्रहरी नायव निरिक्षक हर्क महताको नेतृत्वमा ९ जनाको टोली बन्दोबस्तीका समान सहित तिंकर प्रस्थान गरेको प्रहरी नायव उपरिक्षक पदमबहादुर बिष्टले जानकारी दिनुभयो । शुक्रबार (भोली) विहान ६ बजे सितापुलका लागी प्रहरी सहायक निरिक्षक देवदत्त भट्टको नेतृत्वमा ९ जनाको टोली प्रस्थान गर्ने उहाले बताउनुभयो । विगत देखी ६ महिना मात्रै राज्यको उपस्थिति रहने सो क्षेत्रमा बाह्रै महिना सिमा रक्षाका लागी सुरक्षाकर्मी बस्ने गरी भौतिक पुर्वाधार निर्माण गरिने दार्चुला प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो ।

सुरक्षा सल्लाहकारसँग कुरा गर्दै भारतीय एसएसबी

प्रतिक्रिया

सम्बन्धित