ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार आगलागी (१७ तस्विरहरू)

ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा भएको भीषण आगलागीमा सात वटा घर र पाँच वटा घुम्ती पसल जलेर नष्ट भएका छन् । गएराति १० बजेदेखि लागेको आगो शनिबार बिहान साढे ५ बजेतिर नियन्त्रणमा आएको हो। आगलागी भण्डारी होटल एण्ड लजबाट सुरु भएको थियो ।

आगो नियन्त्रणमा दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दा लागि परेका थिए । आगलागीबाट ठूलै धनमालको क्षती भएको जनाइएको छ । सो आगलागीमा मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित