खै कहाँ छ लकडाउन ! इटहरीमा सामाजिक दुरी बेवास्ता गरी लगाइयाे हटिया ( ९ तस्बीरहरु )

इटहरी । लकडाउनको समयमा समेत ठुलो संख्यामा भेला भएर सामाजिक दुरी समेत बेवास्ता सुनसरीको इटहरीमा लगाइएको बजार हटाइएको छ । कोरोना भाइरसको संक्रमण नफैलियोस भनेर नेपाल सरकारले अत्यावश्यक काममा समेत सामाजिक दुरी कायम राख्न र अनावश्यक रुपमा घर वाहिर ननिस्कन भन्दै लकडाउन लगाएपनि ठुलो संख्यामा भेला भएर लगाइएको बजार हटाइएको हो ।

वाहिरबाट समेत व्यापारीहरु आउने तथा ठुलो संख्यामा मानिसहरु भेला हुँदा जोखिम वढ्ने तर्फ मध्यनजर गर्दै वाहिरबाट आउने व्यापारीहरुलाई नआउन आग्रह गर्दै स्थानीय व्यापारीहरुलाई समेत आफनो सटर अगाडी सामाजिक दुरी कायम गर्दै सामानहरु विहान ७ बजे देखि १० बजे सम्म विक्री वितरण गर्न आग्रह गरिएको उद्योग वाणिज्य संघ इटहरीका सदस्य विष्णु रिजालले वताए ।

इटहरी उपमहानगरपालिका ,उद्योग वाणिज्य संघ इटहरी लगायत सरोकारवाला निकायहरुको छलफलले विहान ७ बजे देखि १० बजे सम्म सामाजिक दुरी कायम गरी बजार सञ्चालन गर्ने सहमतिको समेत बेवास्ता गरि लगाइएको बजार उद्योग वाणिज्य संघ इटहरीका बरिष्ठ उपाध्यक्ष दिवस पोखरेल लगायतको सक्रियतामा हटाइयो । सामाजिक दुरी कायम नगरी मेला जस्तै गरी कोरोनाको संत्रास समाप्त भई सकेर बजार खुलेको झै गरी सञ्चालन गरिएको हाट बजारलाई आफुहरुले अनुरोध गरि हटाएको उद्योग वाणिज्य संघ इटहरीका बरिष्ठ उपाध्यक्ष दिवस पोखरेलले वताए ।

इटहरी बाहिर टाढा टाढा देखि समेत तरकारी व्यापारीहरु तरकारी विक्रीको लागि आएको पाइएका कारण जोखिम बढ्ने तर्फ मध्यनजर गरि बजार उठाउन आग्रह गरिएको समेत पोखरेलले जानकारी दिए ।

बजारमा तरकारी विक्रीका लागि आएको व्यापारी कोकिल थापाले भने कोठा भाडा गरेर बस्दै आएको लामो समय देखि लकडाउन भएको कारण समस्यामा पर्दै आएको र बजार खुलाउने सहमति भएका बमोजिम आफुहरुले तरकारी विक्रीका लागि ल्याएको वताए । उनले खानालाई नै समस्या हुन थाले बजार खुलाउने सहमति भएको जानकारी पाएर हिजो पनि तरकारी विक्रीका लागि ल्याएको तथा आए पनि ल्याएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित