सुन्दरहरैचाका मेयर शिवप्रसाद ढकालकी आमाको यसरी भयो अन्त्येष्टि (फोटो फिचर)

इटहरी । बिराटचौक । मोरङको सुन्दरहरैचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालकी आमा कृष्णकुमारी ढकालको सोमबार ईटहरीस्थित बुढीगंगा आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
सोमबार बिहान ३.२५ बजे निज निबास बिराटचौकमा ढकालकी आमाको ७८ बर्षको उमेरमा निधन भएको हो ।

ढकालका ४ छोरा र ३ छोरी रहेका छन । ढकालकी आमा लामो समयदेखि क्याक्सरबाट पिडित रहेकी थिईन । नेपाली काँग्रेस मोरङका सहसचिव समेत रहेका सुन्दरहरैचा नगरपालिकाका मेयर ढकालकी आमाको अन्त्येष्टिमा लकडाउनका समयमा पनि हजारौको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित