कोरोना कहर, लाचार र निर्दयी सरकार (१८ तस्विरहरू)

इटहरी । विश्वमा महामारीको रुप लिएको कोरोना भाईरसका कारण २०७६ चैत्र ११ गतदेखि देश लकडाउनमा छ । यसबिचमा हजारौँ मानिसहरु बिचबाटोमै अलपत्र अबस्थामा रहेका छन । तरपनि सरकार निर्दयी र लाचार बनेर टुलुटुलु रमिता हेरेर बसेको छ ।

रोग नियन्त्रण र रोकथामका लागि लकडाउन आबश्यक छ तरपनि राज्य जिम्मेवार नबन्दा र जनमुखी नबन्दा जनताको हरिबिजोग अबस्था रहेको छ । कतिपयले दैनिक हातमुख जोर्न पाएका छैनन,कतिको चुलो निभ्ने अबस्थामा छ भने कतिपय मानिसहरु २४ दिनदेखि गनतब्यमा पुग्न नसकी सडकमै गनतब्य नापिरहेका छन ।

सरकारले लकडाउन त गर्यो तर हचुवामा भरमा निर्णय गर्दा अहिले बिषम परिस्थित उत्पन्न भएको छ । कम्तिमा मानिसहरुलाई गनतब्य सम्म पुग्ने ब्यबस्था नभएपनि समय उपलब्ध गराएको भए आज यो अबस्था सिर्जना हुने थिएन । सरकारको लाचारीपनका कारण सिर्जित समस्याको प्रतिनिधिकेही पात्रहरु तस्विरमा (तस्विरहरू: सामाजिक संजाल)

प्रतिक्रिया

सम्बन्धित