ईटहरीका वडाध्यक्ष चौधरीको भयाे अन्त्येष्टि (तस्विरहरू सहित)

इटहरी । इटहरी उपमहानगरपालिका वडा नंम्बर १ का वडाध्यक्ष विष्णुलाल चौधरीको अन्त्येष्टि गरिएको छ । बुधबार राति निधन भएका ५३ बर्षिय चौधरीको बिहिबार ईटहरीस्थित बुढीगंगा मुत्तिघाटमा गरिएको अन्त्येष्टिमा सहभागी काँग्रेस जिल्ला सभापति राजीव कोइरालाले स्वर्गीय चौधरीको पार्थिव शरीरमा पाटीको झण्डा ओडाउदै पाटीले एक इमान्दार, निष्ठावान र कुशल संगठक गुमाएको प्रतिक्रिया दिए ।

अन्तिम संस्कारमा इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी करिब १ घण्टा ढिलो पुगी उपमहानगरपालिकाको तर्फबाट समवेदना प्रकट गरेका थिए । मेयर चौधरीले आफुले १० बजे अन्तिम संस्कार हुने जानकारी पाएकाले केही समय ढिला भएको प्रतिक्रिया दिए । करिब एक घण्टा सम्म मलामीहरु मेयरलाई पर्खेर बस्नु परेको थियो ।

एउटा बहाल बाला बडाध्यक्षको निधनमा नगर प्रहरीबाट सलामीको व्यवस्था थिएन । उपमेयर लक्ष्मी गौतमले नगर प्रहरीलाई सलामी दिन तालिम नदिईएको तर आगामी दिनहरुमा यस्ता विषयमा समेत सुधार गर्दै अघि बढ्ने प्रतिक्रिया दिईन ।

वि.स २०२३ सालमा साबिक हाँसपोसा गा.वि.स वडा नं ९ तथा हालको इटहरी उपमहानगरपालिका वडा नं १ मा पिता सोतीलाल चौधरी र माताकन्नी देवी चौधरीको कोखबाट जन्म भई किशोरावस्था देखि नै पञ्चायत बिरोधी आन्दोलन तथा प्रजातन्त्र स्थापनाका लागि भएका जनआन्दोलनमा सक्रिय चौधरीको गएराती १२ः३० बजे आफ्नै निवासमा निधन भएको हो ।

२०४६ सालको जनआन्दोलन पछि भएको स्थानीय निकायको निर्वाचनमा हाँसपोसा वडा नं ९ बाट वडाध्यक्ष पदमा निर्वाचित भएका चौधरी सरल,सादगी र वडाबासीको सेवामा अहोरात्र खटिने जनप्रतिनिधि थिए । वडावासीको हित र जनताका पक्षमा चट्टानी अडान राख्ने हक्की स्वभावका चौधरी संविधानसभाबाट संविधान जारी भए पश्चात भएको स्थानियनिकायको निर्वाचनमा इटहरी उपमहानगरपालिका वडा नं १ को वडाध्यक्ष पदमा लोकप्रिय मतका साथ निर्वाचित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित