लकडाउनमा यस्तो देखियाे सुन्दरहरैंचा (२६ तस्विरहरू)

सुन्दरहरैंचा / कोरोना भाइरस (काेभिड १९) नेपालमा पनि देखिएपछि सरकारले चैत्र ११ गतेदेखि मुलुकमा लकडाउनको घोषणा गरेको छ । विश्वभरि त्रास र मानविय क्षतिकाे कारण बनेको कोरोना भाइरसको कारणले विश्वका विभिन्न मूलुकका साथै नेपालमा पनि लकडाउनकाे पालना गरिएको अवस्था छ । लकडाउनकाे समयमा देशका प्राय सबै स्थान सुनसान छन् ।

मानिसहरुकाे चहलपहल अति नै न्यून छ । प्रदेश नं १ का मुख्य शहर विराटनगर , इटहरी , धरान , धनकुटा, विर्तामोड , दमक , उर्लाबारी ,बेलवारी , सुन्दरहरैंचा लगायतका स्थानहरु पनि लकडाउन सुरू भए देखि सुनसान रहेका छन् । माेरङकाे सुन्दरहरैंचा नगरपालिका क्षेत्रमा पनि लकडाउनलाइ कडा पारिएकाे छ । लकडाउनलाई थप कडा बनाउँदा सुन्दरहरैंचाका सबै जसाे स्थानहरुमा मानिसकाे चहलपहल कम छ । लकडाउनका कारण सुन्दरहरैंचाका सम्पूर्ण विद्यालय तथा प्रदेश न. १ कै बहुचर्चित तथा ठूलाे शैक्षिक संस्था सुकुना बहुमुखी क्याम्पस समेत सुनसान छ । यहाँका मुख्य मन्दिरहरु शिव पञ्चायन , भुल्केदेवि मन्दिर , श्रीकृष्ण प्रणामी मन्दिर , काली मन्दिर , शिद्वेश्वर महादेव मन्दिर लगायतका मठमन्दिर समेत सुनसान छन् । भगवानकाे मन्दिरमा पनि लकडाउन लागेकाे अवस्था छ ।

व्यापार व्यवसाय तथा सम्पूर्ण मानवीय गतिविधि ठप्प रहेको यो बेलामा कहिल्यै बन्द हडताल नहुने सुन्दरहरैंचाकाे मुख्य क्षेत्र विराटचोक बजार पनि सुनसान रहेको छ । सुन्दरहरैंचा नगरपालिका भरिको मुख्य क्षेत्र विराटचोक बजारमा अत्यावश्यकीय केही सामग्रीका पसलहरु खुलेका भएता पनि मानिसहरुको आवत जावत शून्यप्राय नै रहेको छ ।

बिहान बेलुकीपख तरकारी तथा किराना पसलहरुमा केही मानिसहरुको उपस्थिति देखिन्छ भने दिउँसो लकडाउनको प्रत्यक्ष प्रभाव देख्न पाइन्छ। लकडाउनका कारण सुन्दरहरैंचाकाे बलिया, गछिया, गाेठगाउँ , सलकपुर , पिएलअाेमार्ग , विराटचाेक , हरैंचामाेड , खाेर्साने लगायतका स्थान निकै सुनसान छन । अत्यावश्यक भन्दा बाहेकका मानिस घर बाहिर छैनन । सडकमा फाट्टफुट्ट पास लिएका तथा अति आवश्यक सवारी साधन मात्र संचालनमा रहेका छन । सडकमा सुरक्षाकर्मीहरुले सुरक्षा व्यवस्था कडा बनाएका छन् । समुदाय-प्रहरी साझेदारी अवधारणा अनुरूप मोरङ प्रहरीले अहिलेको विषम परिस्थितिलाई प्रभावकारी रुपमा जोगाउन “प्रहरीको साथी म” अभियानमा समेत संचालनमा ल्याएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित