लकडाउनमा सुनसान इटहरी (३७ तस्विरहरू)

इटहरी / कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमण विश्वभरी फैलिएकाे छ । कोरोना भाइरस नेपालमा पनि देखिएपछि सरकारले चैत १० गतेदेखि मुलुकमा लडकाउडनको घोषणा गरेको छ । लडकाउडन समयमा देशका प्राय सबै स्थान सुनसान छन् । प्रदेश नं १ का मुख्य सहरहरू पनि कलडाउन सुरू भए देखि सुनसान रहेका छन् । सुनसरीकाे इटहरीमा पनि लकडाउनलाइ कडा पारीएकाे छ । लकडाउन थप कडा बनाउदा धरानका बसै जसाे स्थानमा मनिसकाे चहलपल निकै कम छ ।

इटहरीकाे तरहरा, बिरेन्द्र चाेक, संगित चाेक, कलड्की, बलग्राम, पकली, कान्छिचाेक लगायतका स्थान निकै सुनसान देखियो। अत्यावश्यक भन्दा बाहेकका मानिस घर बाहिर देखिनन्। सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो। बिरेन्द्र चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो। फाट्टफुट्ट पास लिएका सवारी साधान संचालनमा थिए।

प्रतिक्रिया

सम्बन्धित