कोरोना विरुद्ध सकारात्मक उर्जाको लागि दिप प्रज्वलन ( १९ तस्विरहरू)

काठमाडौँ । धार्मिक शास्त्र अनुसार सकारात्मक उर्जाको लागि नेपालमा साँझ दियो, बत्ती, टर्च, माेबाइल लाइट बालिएकाे छ । धार्मिक मान्यता अनुसार पनि घरमा दियो बाल्दा, धुप जलाउँदा, घण्टी बजाउँदा सकारात्मक उर्जा पैदा हुने र नकारात्मकता हट्ने विश्वास र परम्परा रहेकाे छ । नेपाल तथा भारतीय जनता आज आफ्नाे घरकाे छत, आँगनमा दियाे बालेका छन् ।

नकारात्मकता भाग्ने र सकारात्मकताको प्रवेश गराउने धार्मिक विश्वास रहेकाले यो समयमा दियो बालेर कोरोनाभाइरसविरुद्ध ऐक्यवद्धता जनाइएकाे ज्याे.पं. उदय बस्काेटाले बताए । उनले भने, ‘यसले नकारात्मकता भाग्ने र सकारात्मकताको प्रवेश गराउने छ ।’ तस्विरहरूमा हेर्नुहाेस् दिव प्रज्वलन: (तस्विरहरू ः सामाजिक संजाल)

प्रतिक्रिया

सम्बन्धित