लकडाउनमा शान्त धरान (२१ तस्विरहरू)

धरान / कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमण विश्वभरी फैलिएकाे छ । कोरोना भाइरस नेपालमा पनि देखिएपछि सरकारले चैत १० गतेदेखि मुलुकमा लडकाउडनको घोषणा गरेको छ । लडकाउडन समयमा देशका प्राय सबै स्थान सुनसान छन् । प्रदेश नं १ का मुख्य सहरहरू पनि कलडाउन सुरू भए देखि सुनसान रहेका छन् । सुनसरीकाे धरानमा पनि लकडाउनलाइ कडा पारीएकाे छ । लकडाउन थप कडा बनाउदा धरानका बसै जसाे स्थानमा मनिसकाे चहलपल निकै कम छ । काेराेना संक्रमित व्याक्ति सँगै आएका व्याक्तिहरू धरानमा समेत भेटिएपछि प्रशासनले थप कडा गरेकाे देखिन्छ ।

धरानकाे तिनुने, बरगाछी, भाेटेपुल, भानुचाेक, छाताचाेक, जिराे पाेइन्ट लगायतका स्थान निकै सुनसान देखियो। अत्यावश्यक भन्दा बाहेकका मानिस घर बाहिर देखिनन्। सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो। भानु चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो। फाट्टफुट्ट पास लिएका सवारी साधान संचालनमा थिए।

प्रतिक्रिया

सम्बन्धित