भगवानलाई समेत लकडाउन : मन्दिरै मन्दिरहरुको शहर विजयपुर क्षेत्र ( ३९ तस्विरहरू )

धरान । प्रदेश १ मै सबैभन्दा बढी मन्दिर भएको धरानका मन्दिरहरु यतिबेला सुनसान छन । जहाँ पुग्ने जो कोहीलाई लाग्न सक्छ की यतिबेला भगवानलाई समेत लकडाउन गरिएको छ । त्यसैले मन्दिरका अघि भगवान सँग प्रार्थना कोही जादैनन ।

धरानको प्रशिद्ध बुढासुब्बा, दन्तकाली, पञ्चकन्या, पिण्डेश्वरी, काली मन्दिर, बिश्वकर्मा लगायतका मन्दिरहरु सुनसान छन । जहाँ एक सातादेखि भगवान समेत लकडाउनमा रहेका छन । कहिल्यै बन्द नहुने धरानको दन्तकाली मन्दिरमा चैते दशैमा समेत ईतिहासमै पहिलोपटक प्रबेश निषेध गरिएको छ ।

विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण मुलुक लकडाउनको चपेटामा परेको छ । सार्वजनिक स्थलमा भीडभार्ड गर्दा भाइरसको संक्रमण फैलिन सक्ने भन्दै नेपाल सरकारले हरेक क्षेत्रमा लकडाउन गरेपछि यसको प्रभाव मन्दिरमा समेत परेको होे ।

एक हप्ता अघि धरान उपमहानगरपालिका, मन्दिर व्यवस्थापन समिति र धरान १४ का बुद्धिजीविहरुको छलफलले दन्तकाली मन्दिर बन्द गर्ने निर्णय गरेका हुन भने अन्य मन्दिर समेत बन्द अबस्थामा रहेका छन ।


प्रतिक्रिया

सम्बन्धित