भारत दुर्घटनामा ज्यान गुमाएका ६ जनाको इटहरी स्थित मुक्ती घाटमा सामूहिक अन्त्येष्टि ( १२ तस्विरहरू सहित)

इटहरी । सवारी दुर्घटना हँदा ज्यान गुमाएका इटहरीका ६ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ । गत बुधबार तीर्थयात्राका क्रममा भारतको तामिलनाडुमा ज्यान गुमाएका इटहरीका ६ जनाको बुढी गंगाजमुना मुक्ती घाटमा सामूहिक दाहसंस्कार गरिएको हो ।

गत बुधबार राति बस दुर्घटना हुँदा इटहरी–१० का ६ सहित ८ जना नेपालीको मृत्यु भएको थियो । मृत्यु हुनेमा ५६ वर्षका गोपाल तामाङ, ४६ वर्षका वीरबहादुर राई, ५० वर्षका टीकाराम चौधरी, ७० बर्षीय रसिलाल चौधरी, ६६ बर्षीया बुधनी थरुनी, ६५ बर्षीया फूलसरीदेवी चौधरी, ६५ बर्षीया मञ्जु राई, पवनलाल चौधरी, भजनलाल चौधरी र केदार चौधरीको मृत्यु भएको छ ।

मृत्यु भएका मध्ये ६ जनाको शव बागडोरा विमानस्थल हुँदै सोमबार साँझ इटहरी ल्याइएको थियो । सोमबार ल्याइएको शवको सामूहिक दाहसंस्कार गरिएको छ । यसै बिच इटहरी उपमहानगरपालिकाले भोली मङगलबार सार्बजनिक बिदा दिने भएको छ । तिर्थयात्राको क्रममा भारतमा इटहरीका ६ जनाको ज्यान गएकोमा शोक बिदा दिने निर्णय भएको इटहरीका मेयरका प्रेस सयोजक लिलाराज भट्टराईले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित