पूर्वी पहाडी जिल्लाहरूमा भारी हिमपात (तस्विरहरू सहित)

सुनसरी । शुक्रबार दिउँसोदेखि मौसममा बदली आएसंगै पूर्वी पहाडी जिल्लाहरूमा वर्षा हुनुका साथै उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । वर्षा र हिमपातका कारण पूर्वी पहाडी क्षेत्रको जनजीवन प्रभावति बनेकाे छ ।

ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, इलाम र पाचथरको उच्च पहाडी क्षेत्रमा शुक्रबार अपरह्नदेखि हिमपात सुरु भएको स्थानीयले बताएका छन् । संखुवासभाको गुफापोखरी, मंगलबारे र चौकी लगायतमा बाक्लो हिमपातका कारण जनजीवन प्रभावित भएको मिलन भण्डारीले बताए । उनका अनुसार ताप्लेजुङको साँघु, जाने यातायातका साधनहरु हिउँले बाटो अवरुद्ध बनाएपछि संचालनमा आउन सकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित