इटहरी स्थित गाेरखा हाेटल सञ्चालनमा (३७ तस्विरहरू)

इटहरी / अंग्रेजी नयाँ वर्ष २०२० तथा नेपाल भ्रमण बर्ष २०२० सुरू भएकाे दिन इटहरी स्थित गोरखा होटलकाे शुभारम्भ भएकाे छ । आज बुधबार एक कार्यक्रमका बिच उध्याेग बाणिज्य संघ इटहरीका अध्यक्ष भिम पाेडेलले रिबन काट्दै साे हाेटलकाे अाैपचारिक रूपमा सुभारम्भ गरेका हुन् । पुर्वको केन्द्रको रुपमा तिब्र बिकास भइरहेको इटहरीमा आन्तरिक तथा बाह्य पर्यटकहरूलाइ लक्षित गर्दै गोरखा हाेटल संचालनमा ल्याएकाे संचालक बलराम आचार्यले बताए ।

अब स्वदेशी तथा विदेशी पर्यटकहरूले इटहरीमा सुविधा सम्पन्न होटलको समस्या भोग्नु नपर्ने अाचार्यकाे भनाइ रहेकाे छ । उनका अनुसार उच्च स्तरकाे सेवा सुबिधा भएकाे रेस्टुरेन्ट तथा बार प्रदेश नं १ कै उत्कृष्ठ रहने दावि रहेको छ ।

होटलले सुरूवाति समयको एक महिना बिशेष आकर्षक याेजना समेत ल्याएकाे छ । इटहरीमा होटलहरू थुप्रै खुलेपनि पर्यटकहरूको भावना बुझ्न नसकेको र सोचे अनुसार नरहेकोले सेवा सुविधा अनि बिशेष छुट सहितको होटल सञ्चालनमा ल्याएको जनाइएकाे छ ।

होटलमा स्विट रूम , एक्ज्युकेटिभ रूम , डिलक्स सहित जम्मा ४२ काेठाहरू रहेका छन भने औपचारीक उदघाटनलाइ साता बिभिन्न कार्यक्रमहरू पनि गरिने जनाइएको छ ।

४० करोडकाे लगानिमा इटहरीस्थित गोरखा होटल सञ्चालनमा आउदै

प्रतिक्रिया

सम्बन्धित